+
+

एमाले गुल्मीको नयाँ नेतृत्वका लागि मतदान सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १६:५०

३१ जेठ, गुल्मी । नेकपा एमाले गुल्मीको १२औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको छ ।

मंगलबारबाट सुरु भएको अधिवेशनमा सहमतिबाट नयाँ नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामार्फत हुन लागेको हो ।

मतदानका लागि बेलुकी ६ बजेसम्मको समय निर्धारण गरिएको छ । जिल्ला अध्यक्षसहित पदाधिकारीका सबै पद र केही सदस्य पदमा निर्वाचन हुने भएको छ ।

अध्यक्षमा बालसिंह काउछा र हिरा एसी, उपाध्यक्षमा गणेश श्रीपाली र जीवन खरेल, सचिवमा पदम अर्याल र धर्म विश्वकर्मा र सहसचिवमा ओम कार्की र चक्रबन्धु भुसालले उम्मेदवारी दिएका छन् ।

महिला सहसचिव पदमा लक्ष्मी पन्थको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत गोपाल खनालले बताए ।

अधिवेशनमा जिल्लाभरबाट ६१३ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनबाट आगामी ३ वर्षका लागि १०५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ । जसमध्ये ५ जना पदाधिकारी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?