
३१ जेठ, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवान मृत भेटिएकी छन् ।
कार्यालयको महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी हुन् ।
सुनार अपराह्न ४ बजेतिर शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए । उनले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’
प्रहरीले स्थानीयवासी र पत्रकारलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4