+
+

बढुवा भएपछि सुविधामात्रै होइन जिम्मेवारी पनि बढेको सम्झेर काम गर्नुस् : आईजी कुँवर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १७:१५

३१ जेठ, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) वसन्त बहादुर कुँवरले बढुवा भएपछि सुविधामात्रै नभएर जिम्मेवारी बढेको सम्झेर काम गर्न निर्देशन दिएका छन् ।

एसपीबाट एसएसपीमा, डीएसपीबाट एसपी र इन्सपेक्टरबाट डीएस्पीमा बढुवा भएका १० प्रहरी अधिकृतलाई दज्र्यानी चिन्ह प्रदान गरेपछि शुभकामना दिँदै जिम्मेवारी बढेको सम्झेर काम गर्न निर्देशन दिएका हुन् ।

बिहीबार प्रहरी हेडक्वाटर नक्सालमा आयोजित कार्यक्रममा आईजी कुँवरले भने, ‘दर्ज्यानी चिन्हको मर्यादा रहने गरी सांगठनिक हितमा कार्य गर्न गर्नुस् । संगठनलाई केन्द्रमा राखेर वृहत्तर हितका लागि आग्रह पूर्वाग्रह भन्दा माथि उठेर गरिएको काम गर्नुस् ।’

सम्पूर्ण प्रहरी कर्मचारीहरूको साझा प्रतिवद्धता सामूहिक साथ र सहयोगबाट नै सांगठनिक सुदृढिकरण र लक्ष्य प्राप्त हुने कुरामा विश्‍वस्त रहेको उनले उल्लेख गरे । गृहमन्त्रीस्तरको २९ जेठको निर्णयअनुसार श्याम कृष्ण अधिकारी, रबिन्द्र रेग्मी, भीम बहादुर दाहाल र नान्तीराज गुरूङ एसएसपीमा बढुवा भएका थिए ।

त्यसैगरी डीएसपीहरु प्रदिप बहादुर क्षेत्री, नारायण रंजितकार, अनन्त राम शर्मा र एक नारायण कोइराला एसपीमा बढुवा भएका थिए । प्राविधिक इन्सपेक्टरहरु उमेश प्रसाद साह र मुकेश तिवारी डीएसपीमा बढुवा भएका थिए ।

बढुवा भएका प्रहरीको तर्फबाट मन्तव्य राख्दै एसएसपी अधिकारीले पदोन्नतिसँगै प्राप्त जिम्मेवारी एवम् उत्तरदायित्वलाई उच्च व्यावसायिकता, नैतिकता र निष्ठापूर्वक सेवा भावकासाथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?