+

टी २० विश्वकप : पाकिस्तान, इंग्ल्याण्ड, न्युजिल्याण्ड र श्रीलंका कसरी सुपर ८ मा पुग्न सक्छन् ?

२०८१ जेठ  ३१ गते १८:२० २०८१ जेठ ३१ गते १८:२०
टी २० विश्वकप : पाकिस्तान, इंग्ल्याण्ड, न्युजिल्याण्ड र श्रीलंका कसरी सुपर ८ मा पुग्न सक्छन् ?

३१ जेठ, काठमाडौं । टी–२० विश्वकपमा केही ठूला टिमले अनपेक्षित नतिजा स्वीकार गर्नुपरेको छ, केही खेल वर्षाले बिथोलियो । यसले शीर्ष भनिएका केही टिमलाई सुपर ८ मा स्थान बनाउन निकै कठिन देखिएको छ ।

समूह ए मा लगातार तीन जितसहित भारत शीर्ष स्थानमा छ भने पाकिस्तानले ३ मध्ये २ खेल हारेको छ । पाकिस्तानलाई हराएको अमेरिका दोस्रो स्थानमा छ ।

यस्तै अवस्था अरू समूहमा पनि छ । सुपर ८ मा पुग्न टिमहरूलाई कस्तो नतिजा चाहिन्छ ? हेरौं ।

समूह ए मा रहेको अमेरिकालाई सुपर ८ पुग्न र पाकिस्तानलाई आफ्नो साख जोगाउन के गर्नुपर्ला ?

बुधबार राति भएको खेलमा भारतले अन्तिम १० बल बाँकी छँदा अमेरिकालाई ७ विकेटले हराएसँगै यो समूहमा नेट रन रेट अप्रासंगिक भएको छ ।

अंकमा अमेरिका अगाडि छ, तर नेट रन रेटमा पाकिस्तानले जितेको छ । अमेरिकाको ०.१२७ र पाकिस्तानको ०.१९१ छ ।

अब आयरल्याण्डलाई सुपर ओभरमा नै पुगेर जित्न सक्यो भने पाकिस्तान नेट रन रेटमा अगाडि हुनेछ । यसको अर्थ पाकिस्तानले आयरल्याण्डलाई हरायो र अमेरिका आयरल्याण्डसँग हार्‍यो भने पाकिस्तान सुपर ८ मा पुग्छ ।

यदि अमेरिका सुपर ८ मा पुग्ने हो भने आयरल्याण्डलाई हराउन सबभन्दा सुरक्षित हुनेछ ।

नभए आयरल्याण्डसँग अंक बाँड्नुपर्छ वा पाकिस्तानले अन्तिम खेलमा बढीमा एक अंक मात्र थप्न सक्नुपर्छ । यसो भएमा सहआयोजक अमेरिका सुपर ८ मा पुग्नेछ ।

अर्थात मौसमले कसलाई साथ दिन्छ भन्ने पनि हो । पाकिस्तानका लागि हाल सबैभन्दा ठूलो चिन्ता मौसम हो । पानी पर्‍यो भने पाकिस्तान समूह चरणबाटै बाहिरिन सक्छ भने अमेरिका सहजै सुपर ८ मा पुग्न सक्छ ।

बाँकी दुवै खेल जित्न सकेको अवस्थामा यो समूहबाट आयरल्याण्ड पनि अघिल्लो चरणमा जानसक्छ ।

इंग्ल्यान्डलाई के चाहिन्छ ?

समूह एबाट भारत जस्तै बीबाट सुपर ८ को चिन्ताबाट मुक्त भएको टिम हो अष्ट्रेलिया । तर इंग्ल्याण्डको अवस्था भने समूह एमा रहेको पाकिस्तानको जस्तै छ ।

सुपर ८ मा स्थान बनाउने हो भने इंग्ल्याण्डले अन्तिम दुई खेलमा ओमान र नामिबियालाई त हराउन पर्छ, त्यसपछि स्कटल्याण्डले जुन १५ मा अष्ट्रेलियासँग आफ्नो अन्तिम खेल हारोस् भन्ने चाहनुपर्छ । यो चाहना सहज भने छैन ।

अष्ट्रेलियाले जित्दा पनि ढुक्क हुने स्थिति छैन । किनकि इंग्ल्याण्डको रन रेट निकै कम छ । आफ्नो २ खेलमध्ये एकमा हार र एकमा अंक बाँडेको इंग्ल्याण्ड १ अंकसहित अन्तिमबाट दोस्रो स्थानमा छ । रनरेट (–१.८०) माइनसमा छ ।

५ अंक जोडिसकेको स्कटल्याण्ड भने रन रेटमा पनि बलियो (२.१६४) अवस्थामा छ । त्यसको मुख्य कारण भने ओमानलाई ४१ बल अगावै ७ विकेटले हराउनु हो ।

यदि स्कटल्याण्ड २० रनले हार्‍यो (मान्नुस्, १६१ रनको लक्ष्य पछ्याउँदा) भने इंग्ल्याण्डले ओमान र नामिबियाको खेलमा समग्र ९४ रन अन्तरले जितेको हुनुपर्छ ।

यदि स्कटल्याण्डले सुपर ओभरमा खेल हार्‍यो भने इंग्ल्याण्डले समग्रमा ११७ रनको अन्तरले जितेको हुनुपर्छ ।

इंग्ल्याण्डका लागि मौसमले पनि साथ दिनुपर्छ । ताकि खेल होस् र जितेर अंक थप्न बाटो खुलोस् । ओमान र नामिबियामध्ये कुनै एकसँग हुने खेलमा मात्र पनि पानीले बिथोलियो भने इंग्ल्याण्ड समूह चरणबाटै घर फर्किनुपर्ने हुन्छ ।

न्युजिल्यान्ड बाहिरियो र ?

गणितीय हिसाबले न्युजिल्याण्डको सुपर ८ पुग्ने सम्भावना कायमै छ । तर त्यसका लागि न्युजिल्याण्डले केही कुरा आफ्नो पक्षमा पार्नुपर्छ । खासगरी अफगानस्तानलाई हराएको खण्डमा केही हुनसक्छ ।

तर वेष्टइण्डिज लगातार तीन खेल जितेर अघिल्लो चरणमा पुगिसकेको छ भने अफगानस्तान २ जितसहित राम्रो रन रेट (५.२२५)का साथ समूह सीको दोस्रो स्थानमा छ ।

त्यसैले अब न्युजिल्याण्ड्‌स सुपर ८ पुग्न अफगानस्तानले बाँकी दुवै खेलमा हार बेर्होनु पर्छ । अफगानस्तानले पीएनजी र वेष्टइन्डिजसँग हारेपछि पनि न्युजिल्याण्डले युगान्डा र पीएनजी दुवैलाई फराकिलो अन्तरले हराएको अवस्थामा बल्ल खेल नेट रन रेटमा आउने छ ।

यदि अफगानस्तानको बाँकी दुई खेलमा समग्रमा १२० रनभन्दा ठूलो हार बेहोर्छ र न्युजिल्याण्डले दुई खेलमा१८७ भन्दा माथि रनको अन्तरले जित्यो भने नेट रन रेटमा अगाडि हुनेछ ।

तर अफगानस्तानले पीएनजीलाई हरायो वा वर्षाका कारण खेल अवरुद्ध भई अंक बाँड्यो भने न्युजिल्याण्डको विश्वकप यात्रा टुंगिनेछ ।

श्रीलंकाको अझै सम्भावना छ ?

फ्लोरिडाको लडरहितमा वर्षा भयो भने श्रीलंका सुपर ८ मा पुग्न निकै गाह्रो हुन्छ । मौसमले साथ दिएको खण्डमा भने केही सम्भावना बाँकी रहनेछ ।

आज बिहीबार हुने खेलमा बंगलादेश र नेदरल्याण्ड्‌सको खेल वर्षाका कारण रोकियो भने दुवै टिमले १/१ अंक पाउनेछन् ।

त्यसका लागि दक्षिण अफ्रिकाले शुक्रबार नेपाल र आइतबार बंगलादेशलाई पनि हराउनुपर्छ । अनि आइतबार आफ्नो बेष्ट दिएर नेदरल्याण्ड्‌सलाई हराउनुपर्छ । त्यो अवस्थामा नेपालले वेष्टइण्डिजलाई हरायो भने पनि श्रीलंका, बंगलादेश, नेदरल्याण्ड्स र नेपालको अंक समान ३–३ हुनेछ र नेट रन रेटको हिसाब मिल्नुपर्छ ।

क्रिकइन्फोको सहयोगमा

इंग्ल्याण्ड टी–२० विश्वकप न्युजिल्यान्ड पाकिस्तान श्रीलंका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय