+
+

राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौं प्रशासनको अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १९:५१

३१ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौंले राष्ट्रिय परिचय पत्रका लागि अनलाइन फारम भरेर त्यहाँ तोकिएको समयमा मात्रै कार्यालय आउन अनुरोध गरेको छ ।

सहज सेवाका लागि अनलाइन फारम भरेर तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन कार्यालयले अनुरोध गरेको हो ।

काठमाडौंलगायत २८ जिल्लामा आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ । परिचय पत्र अनिवार्य गरिएपछि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड लागेको छ ।

भीड ख्याल गरेर असक्त, जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीका लागि कार्यालयले अतिरिक्त दर्ता स्टेसन बनाएर काम गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?