+

द्वन्द्वमय जर्मनीमा युरो कपको बेवास्ता

२०८१ जेठ  ३२ गते ९:०५ २०८१ जेठ ३२ गते ९:०५
द्वन्द्वमय जर्मनीमा युरो कपको बेवास्ता

काठमाडौं । सन् २००६ मा जर्मनीले विश्वकप फुटबल आयोजना गर्दा त्यहाँ एउटा अद्वितीय लहर देखा परेको थियो, राष्ट्रियताको । सबैलाई जर्मन हुनुमा गर्व देखिन्थ्यो । त्यो बेला धेरै लामो समयपछि जर्मन एउटा देशका रूपमा एकजुट देखिएको थियो ।  यसक्रममा जर्मनीले आफ्नो पुरानो डरलाग्दो इतिहास पनि बिर्सेको भान हुन्थ्यो ।

जर्मनीले शुक्रबारदेखि फेरि एक अर्को ठूलो फुटबलको प्रतियोगिता गर्दैछ, युरो २०२४ का रूपमा । युरो भयो विश्वकप जत्तिकै प्रतियोगिता ।

त्यस विश्वकपमा जे देखिएको थियो, अहिले त्यसको छनकसम्म पनि छैन। जर्मन टिम आफैंले युरोको उपाधि जिते, सम्भवतः केही रौनकता आउनेछ । फेरि जर्मन टिमको खराब प्रदर्शनले स्थिति अझ बेमज्जाको हुन सक्नेछ ।

जर्मनीको पहिलो खेल स्कटल्यान्डविरुद्ध छ । यो खेल सुरु हुनै लाग्दा पनि फुटबल मन पराउने आम जर्मनको घर-घरमा राष्ट्रिय झण्डा विरलै देखिएका छन् । अझ कतिपय जर्मनले त यस युरोमा आफ्नो रूचिसम्म छैन भन्ने गरेका छन् ।

स्टेफन उर्सफेल्ड खेलकुद सम्बन्धी लेख लेख्ने स्तम्भकार हुन् । उनी भन्छन्, ‘सन् २०१६ मा जे भएको थियो, त्यो अहिले देख्न पाइने छैन । हामी पछिल्लो १८ वर्षमा धेरै अगाडि पुगिसकेका छौं । यसबीच धेरै थोक भए । अहिले त चारैतर्फ जर्मनीमा द्वन्द्व मात्रै छ ।’

त्यसमाथि युरो २०२४ को बेला आतंककारी आक्रमणको चिन्ता बेग्लै छ । यसैकारण जताततै चर्को न चर्को सुरक्षा व्यवस्था छ । द्वन्द्व पनि कस्तो भने यो जर्मन समाजमै ब्याप्त छ, पूरा युरोपमै फैलिएको छ ।

युरोपेली पार्लियामेन्टका लागि भएको हालैको चुनावमा जर्मनीबाट त्यस्ता धेरै चुनिएका छन्, जसलाई उग्रवादी भन्न मिल्छ । यी उग्रवादी कस्ता भने राजनीतिक र सामाजिक रूपमा उदारवादी हुनै नसक्ने ।

अनुदारवादी एफडीए अर्थात ‘अल्टरनेटिभ फर जर्मनी’ दोस्रो ठूलो दल बनेको छ । सन् २००६ मा विश्वकप हुँदा त्यो सिंगो जर्मनीले एकीकरण पछि गरेको पहिलो ठूलो खेल महोत्सव थियो । अर्थतन्त्र सुधारतर्फ अग्रसर थियो । यो गर्न क्लिन्समेनको जर्मनी सेमिफाइनलसम्म पुग्यो ।

एफडीएले आफ्नो चुनाव प्रचारका क्रममा जर्मन राष्ट्रिय झण्डाको ब्यापक प्रयोग गरेको थियो । त्यसैले पनि आम जर्मन फुटबल प्रेमी त्यही राष्ट्रिय झण्डा बोक्न पनि डराइरहेका छन्, आफूलाई पनि अरूले अनुदारवादी भन्ला भनेर । युक्रेनमा चलिरहेको युद्धका कारण पनि यसपल्टको युरोमा थप कडा सुरक्षा व्यवस्था चाहिएको हो । अनि पछिल्लो समय जर्मनीमा फुटबल हुल्याहाहरू बढेका छन् । तिनीहरू पनि उत्तिकै टाउको दुखाइ बनेको छ ।

जर्मनी युरो कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय