+
+

बागमती प्रदेशको दोश्रो आवधिक योजना स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १०:४४

३२ जेठ, काठमाडौं । बागमती प्रदेश सरकारले दोश्रो आवधिक योजना स्वीकृत गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नीति तथा योजना आयोगले पेस गरेको दोश्रो आवधिक योजना ०८१/८२ देखि ०८५/८६ स्वीकृत गरेको हो ।

मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापनाका लागि अध्ययन गर्न नीतिगत सहमति दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए ।

यसैगरी प्रदेश स्वास्थ्य नीति २०८१ र आयुर्वेदिक औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको लेबल डिजाइन स्वीकृत पनि गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?