+
+

यी हुन् ह्वाट्सएप प्रतिबन्धित ६ देश

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १२:२४

काठमाडौं । मेसेजिङ्ग प्लाटफर्म ह्वाट्सएपलाई अहिले कुनै परिचयको आवश्यकता पर्दैन । यो हरेक मोबाइल प्रयोगकर्ताको सञ्चारको प्रमुख माध्यम नै बनेको छ । मेटा कम्पनीको स्वामित्वमा रहेको ह्वाट्सएपका विश्वभरमा ३ अर्ब प्रयोगकर्ता छन् । व्यक्तिगतदेखि व्यवसायिक कामसम्ममा यसको प्रयोग हुने गर्दछ ।

तर विश्वका अर्बौं मानिसले प्रयोग गर्ने ह्वाट्सएप कतिपय देशमा भने प्रतिबन्धित छ । ह्वाट्सएपमाथि प्रतिबन्ध लगाइएका विश्वका प्रमुख ६ देश यी हुन्–

१. चीन : चीनको ग्रेट फायरवालले विभिन्न विदेशी एप तथा वेबसाइटमा आफ्ना नागरिकको पहुँचलाई रोक्ने गर्दछ । ग्रेट फायरवालले ह्वाट्सएपलाई पनि बन्देज लगाएको छ । ह्वाट्सएपमाथिको प्रतिबन्ध सञ्चारमाथिको नियन्त्रण मात्र नभई विच्याट जस्ता स्वदेशी मेसेजिङ्ग एपहरुलाई बढावा दिने व्यापक रणनीतिको हिस्सा हो ।

२. इरान : ह्वाट्सएपले इरानमा पनि बेलाबेलामा प्रतिबन्धको सामना गर्नु पर्दछ । इरानी सरकारले राजनीतिक अशान्तिका क्रममा सञ्चार तथा सूचनाको पहुँचलाई नियनत्रण गर्नका लागि यो एपलाई ब्लक गर्ने गर्दछ ।

३. युएई : संयुक्त अरब इमिरेट्स (युएई)मा ह्वाट्सएपको भ्वाइस तथा भिडियो कलिङ सुविधा प्रतिबन्धित छ । युएई सरकारले यो प्रतिबन्ध स्थानीय दूरसञ्चार कम्पनीहरुलाई सहयोग गर्नका लागि लगाएको हो । त्यहाँ ह्वाट्सएपमा केवल टेक्स्ट मेसेज मात्र आदानप्रदान गर्न मिल्दछ ।

४. कतार : युएईमा जस्तै कतारमा पनि ह्वाट्सएपमा भ्वाइस तथा भिडियो कलिङ सुविधा प्रतिबन्धित छ र केवल टेक्स्ट मेसेजको सुविधा मात्र उपलब्ध छ ।

५. सिरिया : ह्वाट्सएपमाथि कडा प्रतिबन्ध रहेको अर्को मुलुक सिरिया पनि हो । त्यहाँ ह्वाट्सएप माथिको प्रतिबन्ध सरकारको व्यापक इन्टरनेट सेन्सरसीप नीतिको हिस्सा हो ।

६. उत्तर कोरिया : उत्तर कोरियामा सायद विश्वकै सबैभन्दा कडा इन्टरनेट नीति छ । वैश्विक इन्टरनेटसम्म नागरिकको निकै सीमित पहुँच छ । सूचनाको स्वतन्त्र प्रवाहलाई संकुचित पार्नका लागि र सञ्चारमाथि सरकारको पूर्ण नियन्त्रण कायम गर्नका लागि ह्वाट्सएपजस्ता सोसल मिडिया प्लाटफर्म त्यहाँ प्रतिबन्धित छन् ।

स्मरण रहोस् युएई र कतारजस्तै जोर्डन र इजिप्टमा पनि ह्वाट्सएपको अडियो र भिडियो कलिङ सेवा प्रतिबन्धित छ ।

–एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?