+
+

नेपाल भ्रमणमा आउँदै मिस माल्टाको टोली

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १२:३१

काठमाडौं । पर्यटन प्रवर्द्धनको उद्देश्यले युरोपेली मुलुक माल्टाको सौन्दर्य प्रतियोगिता मिस माल्टाको टोलीले नेपाल भ्रमण गर्ने भएको छ । फेसबुक पेजमार्फत मिस माल्टाले यसबारे जानकारी दिएको छ ।

भ्रमण टोलीमा सहभागी हुने सदस्यबारे विस्तृत नखुलाइएपनि अगस्टमा भ्रमण हुने जनाइएको छ । उक्त भ्रमण दलले मिस नेपाल-२०२४ ग्राण्ड फिनालेमा समेत सहभागिता जनाउने उल्लेख छ ।

मिस नेपाल आयोजक द हिडन ट्रेजरसँग मिट एण्ड ग्रीट गर्नेदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङसँग समेत टोलीले भेट गर्ने भएको छ ।

टोलीले चितवनमा पुगेर थारु संस्कृतिबारे अवलोकन गर्ने, यसबारे वृत्तचित्र बनाउने, स्थानीय परिकारको रसास्वादन गर्ने योजना पनि तय रहेको जनाइएको छ । भ्रमणमा कार्यशालादेखि सामाजिक गतिविधि समेत आयोजना गर्ने तयारी छ ।

माल्टाका लागि नेपालका संस्कृति तथा पर्यटन दूत प्रकाश भण्डारीसँग बिहीबार मिस माल्टाका निर्देशक र कोरियोग्राफीको बैठकपछि भ्रमण तय भएको हो । सांस्कृतिक अनुभव आदानप्रदान र माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्न यो भ्रमण फलदायी हुने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?