+
+

अब आइफोनमा च्याट जिपिटी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १३:०३

काठमाडौं । एप्पलले आफ्नो बहुप्रतिक्षित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) रणनीति सोमबार सार्वजनिक गरेको छ । जस अन्तरगत उसले आफ्नो डिजिटल एसिस्टेन्ट सिरी लगायतका विभिन्न एपमा एप्पल इन्टेलिजेन्सलाई आबद्ध गरेको छ भने आफ्ना डिभाइसमा च्याट जिपिटीलाई भित्राउनका लागि ओपन एआई कम्पनीसँग साझेदारीको घोषणा पनि गरेको छ ।

यो कदमसँगै एप्पलले एआईको लडाइँमा आफूले माइक्रोसफ्ट लगायतका कम्पनीभन्दा पछि नपर्ने सन्देश लगानीकर्ताहरुलाई दिन चाहेको छ । यद्यपि माइक्रोसफ्ट एआईलाई व्यवसायीकरण गर्ने मामिलामा सबैभन्दा अगाडि रह्यो र ओपन एआई कम्पनीमा उसले लगानी नै गरेको छ ।

एप्पलले आफ्नो वर्ल्डवाइड डेभलपर्स कन्फ्रेसका क्रममा एआई फिचरहरु सार्वजनिक गरेको छ । साथै उसले आफ्नो आइफोन तथा भिजन प्रो हेडसेटका लागि नयाँ अपरेटिङ सिस्टम पनि लञ्च गरेको छ ।

एप्पलका अनुसार सिरी लगायतका उसका एपमा यो वर्षको उत्तरार्द्धतिरबाट च्याट जिपिटी उपलब्ध हुनेछ । च्याट जिपिटी आईओएस १८, आइप्याड ओएस १८ र म्याकओस Sequoia मा पनि उपलब्ध हुनेछ ।

प्रयोगकर्ताले निःशुल्क रुपमा च्याटबट प्रयोग गर्न सक्नेछन् र लगइन पनि गर्नुपर्ने छैन । सिरीमा च्याट जिपिटी आबद्ध भएसँगै प्रयोगकर्ताले सोधेका प्रश्नको जवाफ सिरीले च्याटजिपिटीमार्फत् दिनेछ ।

यसैबीच ओपन एआई कम्पनीका सीईओ साम अल्टम्यानले प्रयोगकर्ताहरुलाई नयाँ तरिकाबाट च्याट जिपिटी उपलब्ध गराउनका लागि एप्पलसँग सहकार्य गर्दा उत्साहित रहेको बताएका छन् ।

एप्पलसँगको सहकार्य अत्याधुनिक एआईलाई सबैजनाको लागि पहुँचयोग्य बनाउने ओपन एआईको मिसनकै अङ्ग भएको उनको भनाई छ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?