+

गर्भावस्थामा पोषण : के खाने, के नखाने ?

२०८१ जेठ  ३२ गते १२:५८ २०८१ जेठ ३२ गते १२:५८
गर्भावस्थामा पोषण : के खाने, के नखाने ?

गर्भावस्था महिलाले शारीरिक र भावनात्मक परिवर्तन भोग्छन् । यी परिवर्तन हुँदा आमा र पेटमा हुर्किंदै गएको शिशुको विकासका लागि पोषण सबैभन्दा आवश्यक तत्व हो । किनकि, गर्भावस्थामा आमाले सेवन गर्ने पोषणयुक्त खानेकुराले नै शिशुको शारीरिक अवस्था निर्धारण गर्छ ।

गर्भावस्थामा किन आवश्यक छ पोषण ?

बच्चाको समग्र विकास : बच्चाको आकारप्रकारदेखि सम्पूर्ण अंगको विकास आमाको खानपानबाट हुने गर्छ । यस्तोमा गर्भवती महिलाले फोलिक एसिड, आइरन, क्याल्सियम, आयोडिन र ओमेगा-३ फ्याटी एसिड जस्ता तत्वले समग्र बच्चाको विकासमा भूमिका खेल्छ ।

यी खानेकुराले गर्भावस्थामा र प्रसवपछि हुने स्वास्थ्य समस्या जस्तै- रक्तअल्पता, कब्जियत, उच्च रक्तचाप र मधुमेहको हुने सम्भावना कम गर्न मद्दत गर्छ ।

चाहेर पनि स्वस्थ आहारमा बाधा पुग्न सक्छ’

गर्भावस्थामा महिलाहरु पोषणको महत्वबारे जानकार भएर पनि हर्मोनल परिवर्तनले गर्दा खानपानमा बाधा पुग्न सक्छ ।

वाकवाकी लाग्नु : कतिपय महिलालाई गर्भावस्थामा बिहान बिहान बान्ता हुने समस्याले गाह्रो बनाउन सक्छ ।

यस्तोमा खानेकुरा खान मन नलाग्ने हुनसक्छ तर खानै छोड्न भने हुँदैन । अरुबेला भन्दा खानाको मात्रा कम तर पटक-पटक खान सकिन्छ । र, खानेकुरा सुपाच्य हुनुपर्छ । सो खानेकुरामा फाइबर, प्रोटिन र कार्बोहाइड्रेट जस्ता पोषक तत्व खानुपर्छ । जसले ऊर्जा प्रदान गर्छ र बान्ता कम गर्न मद्दत गर्छ ।

कुनै खानेकुरा अति खान मनलाग्नु र कुनै हेर्न मन नलाग्नु

गर्भावस्थामा हुने हर्मोनल परिवर्तनले कुनै खानेकुरा सम्झिंदै मुखमा पानी आउने र कुनै खानेकुरा देख्यो कि टाउको दुख्ने समस्या हुनसक्छ । यस्तोमा खान मनलाग्ने खानेकुरा टन्न खाने र पौष्टिक तत्व भएकै खानेकुरा खाँदै नखाने गर्दा पौष्टिक खानेकुराको तालमेलमा असर पुग्न सक्छ ।

अनिवार्य खानैपर्ने खानेकुरा

यो अवस्थामा प्रसवपूर्व बच्चा जन्मिनुको एउटा कारण हो, भिटामिट डीको कमी । यसको परिपूर्ति गर्न तरकारी, फलफूल, व्होल ग्रेन, बदाम, माछा र ओलिभ ओइल खान सकिन्छ ।

अर्को भनेको ओमेगा फ्याटी एसिड पर्याप्त मात्रामा खानुपर्छ । ओमेगाको सप्लिमेन्ट खाएको महिलाको एक वर्षसम्मका शिशुमा दृश्य र संवेगात्मक विकास उच्च हुन्छ ।

गर्भावस्थामा मात्र नभई गर्भधारण गर्नु तीन महिनाअघिदेखि फोलिक एसिड खानुपर्छ । फोलिक एसिड एउटा भिटामिन बी हो । जसले बच्चाको डीएनए र कोषहरु बनाउन मद्दत गर्छ ।

हरियो सागसब्जी : गर्भावस्थामा हरियो सागपात, बन्दागोभी र ब्रोकाउली लाभदायक साबित हुनसक्छ । यो अवस्थामा काँचो तरकारी हानिकारक हुनसक्छ ।

डेरी उत्पादन : गर्भवती महिलाका लागि दूध, दही, दही र घिउ लगायत डेरी उत्पादनहरू अति आवश्यक छ । जसले गर्भावस्थामा बच्चाको विकासका लागि प्रोटिन र क्याल्सियमको पूर्ति गर्छ ।

फलफूल : ताजा फलफूलले गर्भावस्थामा आमा र बच्चा दुवैलाई स्वस्थ राख्छ । स्याउ, खर्बुजा, अनार र अन्य मौसमी फलफूल फाइदाजनक हुन्छ ।

ड्राइफ्रुट : गर्भावस्थामा ड्राइफ्रुट खानु निकै फाइदाजनक हुन्छ । बदाम, ओखर,  काजु लगायत खानेकुरामा विभिन्न भिटामिन, क्यालोरी, फाइबर र ओमेगा थ्री फ्याटी एसिडले भरपुर हुन्छन् । यो आमा र बच्चा दुवैलाई आवश्यक छ ।

अण्डा : अण्डा एक पौष्टिक खानेकुरा हो । अण्डामा उच्च मात्रामा प्रोटिन, कोलेस्टेरोल, भिटामिन डी र एन्टिअक्सिडेन्ट हुन्छ, जुन गर्भवती महिलाका लागि आवश्यक हुन्छ ।

होल ग्रेन : गर्भवती महिलाले आफ्नो आहारमा ओट्स, ब्राउन राइस जस्ता सम्पूर्ण अन्न समावेश गर्न सक्छन् ।

प्रशस्त पानी : दिनमा कम्तीमा चार लिटर पानी पिउनुपर्छ । जसले आमालाई डिहाइड्रेसन हुन दिंदैन । यसले शरीरलाई स्वस्थ राख्छ र शरीरबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ ।

शाकाहारी गर्भवती महिलाले पोषक तत्व कसरी पूरा गर्न सक्छन् ?

शाकाहारी गर्भावस्थाका महिलाले पनि मासु नखाई आवश्यक पोषक तत्वको आवश्यकता पूरा गर्न सक्छन् । तर आइरन, भिटामिन बी १२ र ओमेगा ३ फ्याटी एसिड उनीहरु तुलनात्मकरुपमा कम हुनसक्छ ।

त्यसको पूर्ति सप्लिमेन्ट र केही खानेकुराले गर्छ ।

प्रोटिनका लागि दाल, तोफु, बदाम र फर्सीको बीउ लगायतका खानेकुरा खान सकिन्छ । ओखर, आलस, क्यानोला तेल, एभोकाडो, ओमेगा–३ फ्याटी एसिडका राम्रो स्रोत हुन् । यी खानेकुरा पनि दैनिकजसो खानुपर्छ ।

कति मात्रामा खानुपर्छ ?

आइरन : ४० ग्राम

प्रोटिन : ६५ ग्राम

क्यालसियम : एक हजार मिलिग्राम

फोलिक एसिड : ४०० माइक्रोग्राम

गर्भावस्थामा केही कुरामा विशेष ध्यान दिनुपर्छ ।

– यो अवस्थामा चिकित्सकको सल्लाहमा कुनै पनि औषधि लिनु हुँदैन । कुनै स्वास्थ्य समस्या आएमा चिकित्सकको सल्लाह र परीक्षणपछि मात्र औषधि लिनुपर्छ ।

– गर्भवती महिलालाई चिया, जंकफुड, चकलेट, चुरोट र कफीबाट टाढा रहन सल्लाह दिइन्छ ।

– मदिरा, धुम्रपान र क्याफिनयुक्त पेय तथा खानेकुराले भ्रूणको विकासमा असर गरी गर्भापातको जोखिम बढाउँछ ।

– गर्भावस्थामा मदिराको मात्रा शून्य र क्याफिनको मात्रा दिनको २०० मिलिग्राम लिन सिफारिस गरिन्छ ।

– गर्भवती महिलाले काँचो मेवा सेवन गर्नुहुँदैन । यसमा भ्रूणलाई हानि पुर्‍याउने रसायन हुन्छ ।

– टुसा उमरिएको खानेकुरा खानु हुँदैन । किनकि, साल्मोनेला, लिस्टेरिया र ई-कोलाई जस्ता ब्याक्टेरिया हुन्छन्, जसकारण महिलालाई फुड पोइजनिङ हुनसक्छ ।

– दैनिक हल्का व्यायाम आवश्यक छ ।

खानपान गर्भावस्था डा. उपमा बस्नेत पोषक तत्व
डा. उपमा बस्नेत
लेखक
डा. उपमा बस्नेत
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. बस्नेत हाल वात्सल्य नेचुरल आईभीएफ सेन्टरमा कार्यरत छिन् । प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २१११२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?