+
+

ह्वाट्सएपबाट यसरी गर्नुहोस् मत सर्भेक्षण

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १३:२७

मेटा अधिनस्थ लोकप्रिय मेसेजिङ्ग प्लाटफर्म ह्वाट्सएपले प्रयोगकर्ताको सुरक्षा, गोपनीयता तथा एप प्रयोगको अनुभवलाई उत्कृष्ट तुल्याउनका लागि नयाँ–नयाँ फिचर ल्याइरहेको हुन्छ । ह्वाट्सएपमा एउटा यस्तो फिचर पनि छ, जसका माध्यमबाट तपाईंले मत सर्भेक्षण गरी कुनै पनि विषयमा मानिसहरुको अभिमत बुझ्न सक्नुहुन्छ ।

ह्वाट्सएप पोल्स फिचर

कहिलेकाहीँ कुनै मुद्दामा लामो बहसपछि पनि कुनै सही निष्कर्ष प्राप्त हुन नसकेका अवस्थाहरु हामीले देखेकै हुन्छौँ । यस्तोमा ह्वाट्सएपको polls feature फिचर काम लाग्नसक्छ ।

ह्वाट्सएपको यो फिचरको माध्यमबाट प्रयोगकर्ताहरुले कुनै पनि सवालमा धेरै मानिसहरुको अभिमत संकलन गर्न सक्दछन् । यसमा प्रयोगकर्तालाई उपलब्ध विकल्पमा सजिलैसँग आफ्नो भोट दिने सुविधा हुन्छ ।

ह्वाट्सएपमा यो फिचर प्रयोग गर्ने अर्थात् पोल क्रिएट गर्ने तरिका चाहिँ यस्तो छ :

आइफोनमा कसरी गर्ने ?

  • सबैभन्दा पहिले ह्वाट्सएप खोल्नुहोस् र जुन च्याट वा ग्रुपमा पोल फिचरको प्रयोग गर्ने हो त्यसलाई खोल्नुहोस् ।
  • त्यसपछि स्क्रिनको तल बायाँतर्फ देखिने प्लस आइकनमा ट्याप गर्नुहोस्
  • त्यहाँ देखापर्ने Menu बाट poll को विकल्प छान्नुहोस्
  • Ask a Question  अन्तरगत तपाईंले अभिमतको प्रश्न सोध्न सक्नुहुनछ। उक्त मत सर्भेक्षणको सवाल प्रष्ट र संक्षिप्त हुनुपर्दछ । त्यहाँ हो वा होइनका अतिरिक्त अन्य बहुवैकल्पिक प्रश्न पनि दिन सकिन्छ।
  • त्यसपछि Options अन्तरगत सम्भावित जवाफका विकल्प राख्नुहोस् । त्यसमा १२ वटासम्म विकल्पलाई जोड्न सकिन्छ र त्यसलार्य अगाडि वा पछाडि गर्न सकिन्छ ।
  • त्यसपछि send मा क्लिक गरी पोललाई च्याट वा ग्रुपमा शेयर गर्न सक्दछन् ।

एन्ड्रोइड फोनमा कसरी गर्ने ?

  • सबैभन्दा पहिले एन्ड्रोइड फोनमा ह्वाट्सएप खोल्नुहोस् र जुन च्याट वा ग्रुपमा पोल फिचरको प्रयोग गर्ने हो, त्यसलाई खोल्नुहोस्
  • त्यसपछि च्याटबारमा पेपर क्लिप आइकनमा क्लिक गर्नुहोस्
  • स्क्रिनमा देखिने मेन्यूमा पपअपबाट poll को विकल्प छान्नुहोस्
  • त्यसपछि Ask a Question  अन्तरगत तपाईंले पोलको प्रश्न सोध्न सक्नुुहुन्छ । उक्त प्रश्न सफा र प्रष्ट हुनुपर्दछ । त्यसमा हुन्छ र हुँदैनका अतिरिक्त अन्य विकल्प पनि दिन सकिन्छ।
  • त्यसपछि options अन्तरगत प्रयोगकर्ताहरुले प्रश्नको जवाफ दर्ज गर्न सक्दछन् । त्यसमा १२ वटा विकल्पलाई जोड्न सकिन्छ र त्यसलाई अगाडि वा पछाडि राख्न सकिन्छ ।
  • अन्त्यमा आइफोनमा जस्तै एन्ड्रोइड फोनमा पनि जब सबै कुरा ठीकठाक लाग्यो भने send मा क्लिक गरेर पोललाई च्याट वा ग्रुपमा शेयर गर्न सक्नुहुन्छ।

यी कुरामा ध्यान दिनुहोस्

त्यसपछि तपाईंको मत सर्भेक्षणमा जोकोहीले पनि जवाफ दिन्छन् उनीहरुको संख्या गणना हुनेछ । उनीहरुले आफ्नो सुविधा अनुसार विभिन्न विकल्पमध्ये कुनैपनि विकल्प छान्न सक्दछन् । साथै प्रयोगकर्ताहरुले आफूले दिएका जवाफ हेर्न पनि सक्दछन् ।

  • पोल्स क्रिएट गर्नेले त्यसमा ट्याप गरेर भोट गर्ने मानिसहरुको संख्या गणना गर्न सक्दछन् र विभिन्न विकल्पहरु पनि हेर्न सक्दछन् ।
  • तपाईंले आफूले सिर्जना गरेको मत सर्भेक्षणमा कुनै गल्ती फेला पार्नुभयो भने त्यसलाई सच्याउने कुनै विकल्प छैन । त्यसलाई हटाएर नयाँ पोल सिर्जना गर्नुपर्ने हुन्छ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?