
३२ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले काठमाडौं उपत्यकाको बागमती फोहोर भएको बताएकी छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूले बागमती किनार भएर यात्रा गर्दा गाडीको सिसा लगाउने गरेको बताइन् । थापाथलीदेखि गाडीको सिसा बन्द गरेर कुपान्डोल पुगेर मात्रै खोल्ने गरेको उनले सुनाइन् ।
‘बागमती के भएको छ थाहा छ मन्त्री ज्यु ? खुला ढल भएको छ । यति गन्हाउँछ कि तपाईं आफैँ एकचोटी निरीक्षण गर्न जानुस्’ खानेपानी मन्त्री राजेन्द्रकुमार राईलाई उनको आग्रह छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4