+
+

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा तेस्रोपटक आचार्य

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १३:४५

३२ जेठ, बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा. तिलकराम आचार्य तेस्रो कार्यकालका लागि नियुक्त भएका छन् ।

विश्वविद्यालयले रजिष्ट्रार नियुक्तिका लागि गत चैतमा खुला प्रतिस्पर्धा गराएको थियो । प्रतिस्पर्धाबाट पहिलो नम्बरमा सिफारिस भएका आचार्यलाई उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले रजिष्ट्रार नियुक्तिका लागि कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष सिफारिस गरेका थिए ।

प्रधानमन्त्री दाहालले आचार्यलाई शुक्रबार बिहान नियुक्ति पत्र प्रदान गरेका छन् ।

तेस्रो कार्यकालका लागि नियुक्त आचार्यले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय उचाइमा पुर्‍याउने गरी काम गर्ने बताए । देवदहमा नयाँ परियोजना सुरु गरिएको भन्दै शैक्षिक कार्यक्रमको विस्तार र भौतिक पूर्वाधारका योजनालाई सँगसँगै लगिने उनले बताए ।

रजिष्ट्रार छनोटका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेश पौडेलको अध्यक्षतामा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला र प्रा. डा. पुष्कर बज्राचार्य सदस्य रहेको समिति बनाइएको थियो । सोही समितिले ९ जना मध्येबाट आचार्यलाई सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?