+
+

पानी माग्दै बानेश्वरमा मधेशवासीको प्रदर्शन (तस्वीरहरू )

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ जेठ ३२ गते १४:२५

३२ जेठ, काठमाडौं । तराई-मधेशमा पानी माग्दै बानेश्वरको बीच सडकमा रित्ता भाँडासहित मधेशवासीहरूले शुक्रबार पनि प्रदर्शन गरेका छन् ।

चुरे संरक्षण र मधेशमा पानीको अभाव समस्या समाधान गर्न माग गर्दै माइतीघरदेखि बानेश्वरसम्‍म उनीहरूले प्रदर्शन गरेका हुन् । बानेश्वर चोक नजिकै प्रहरीले उनीहरूलाई रोकेको छ ।

प्रहरीले संसद भवनतर्फ जान नदिएपछि प्रदर्शनकारीले नयाँ बानेश्वरकै सडकमा बसेर खाली भाडा बजाउँदै नाराबाजी गरेका छन् । साथै उनीहरूले दलका नेताहरूलाई पटक-पटक आग्रह गर्दा पानीको समस्या नसुनेको भन्‍दै विभिन्न दलका शीर्ष नेताहरूको फोटो देखाउँदै ‘लापता, तपाई कहाँ ?, हामी यहाँ !’  प्रदर्शन गरेका छन् ।

आँखा खोल सरकार, चुरे बेच्न पाइँदैन, चुरे ऐन लागु गर, पानी दे सरकारलगायत नारा लगाइरहेका छन् ।

करिब १ महिनाअघि पैदल हिँडेर मधेशको पानीको समस्याबारे सरकारलाई जानकारी गराउन र समस्या सम्बोधनका लागि दबाब दिन काठमाडौं आएका  मधेशका विभिन्न जिल्लाका बासिन्दा २२ दिनदेखि माइतीघरमा धर्ना बसिरहेका थिए ।

चुरे संरक्षण अभियन्ता सुनिलकुमार यादवले चुरे संरक्षणको नाममा सरकारले हरेक वर्ष करोडौं रुपैयाँ खर्च गरे पनि चुरे विनाशका कारण मधेशमा ८० प्रतिशत चापाकल सुकेको बताउँछन् । आफूहरु चुरे संरक्षणको माग उठाएर आन्दोलन गर्दा दलहरुले बेवास्ता गरेको भन्दै उनले आक्रोश पोखेका छन् ।

हेर्नुहोस् तस्वीरहरू : 

 

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?