+
+

‘लण्डन टु पेरिस’ एक सातामै हलबाट हट्यो, ‘गाउँ आएको बाटो’ दोस्रो सातामा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १४:१७

काठमाडौं । साम्राज्ञी शाहको शीर्ष भूमिका रहेको फिल्म ‘लण्डन टु पेरिस’ एक सातामै हलबाट हटेको छ । कमजोर व्यापारपछि मल्टिप्लेक्स चेनहरुले दोस्रो शुक्रबारदेखि फिल्मको शो हटाएका छन् ।

सन्तोषजनक शो पाएको फिल्मले दर्शकलाई हलसम्म तान्न सकेन । साम्राज्ञीको फिल्म करिअरमा ‘ह्यारीकी प्यारी’पछि ‘लण्डन टु पेरिस’को यो नतिजा स्तब्ध पार्ने अर्को घटना हो ।

कम्तीमा उनको स्टारको छविले दर्शकलाई हलसम्म तान्न सक्ने अपेक्षा गरिएको थियो । ग्रामीण कथावस्तुमा फिल्म बनाउँदै आएका निर्देशक घनश्याम लामिछानेले यो फिल्मबाट डायस्पोराको कथालाई भन्ने प्रयास गरेका थिए ।

साम्राज्ञीको करिअरमा ड्रिम्स, ए मेरो हजुर २, इन्टुमिन्टु लण्डनमा, रातो टीका निधारमा र नांगो गाउँ चलेका फिल्म हुन् । तर उनका अन्य फिल्मले बक्स अफिसमा आफूलाई स्थापित गर्न सकेनन् ।

गाउँ आएको बाटो’ दोस्रो सातामा

नवीन सुब्बा निर्देशित सोसल-ड्रामा ‘गाउँ आएको बाटो’ले समग्रमा पहिलो साता सन्तोषजनक व्यापार गरेको छ । यद्यपि, निर्माताले आधिकारिक कमाइबारे पुष्टि गरेका छैनन् ।

फिल्मले दोस्रो शुक्रबार देशव्यापी ५० प्रतिशत अकुपेन्सीको हाराहारीमा शोलाई निरन्तरता दिएको छ, जुन दयाहाङ राई स्टारर फिल्मका लागि राहतको खबर हो ।

विशेषगरी पूर्वी नेपालका सहरमा अन्यत्रभन्दा राम्रो कमाइ गरेको यो फिल्मले काठमाडौंका एफक्युब र लबिममा दर्शकको राम्रो साथ पाएको छ । आमोद राईले निर्माण गरेको यो फिल्म २१ जुनदेखि अमेरिका र बिहीबारदेखि मध्यपूर्वमा समेत रिलिज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?