+
+

बीटीएसका जिन सैन्य सेवाबाट बाहिरिए, १ हजार प्रशंसकलाई हाले अँगालो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १४:४३

काठमाडौं । के-पप ब्याण्ड बीटीएसका जिनले अनिवार्य सैनिक सेवा पुरा गरेका छन् । सैनिक सेवाबाट बाहिर आइसकेपछि उनले १००० जना प्रशंसकलाई अँगालो हालेर प्रेम दर्शाए ।

सीएनएनका अनुसार जिनले सियोलको जामसिल स्पोर्ट्स कम्प्लेक्समा पहिलो सार्वजनिक उपस्थिती देखाए जहाँ उनले आफ्नो प्रस्तुति दिए अनि फ्यानसँग भेटघाट गरे ।

कार्यक्रममा १ जना भाग्यशाली फ्यानले ३१ वर्षीया सुपरस्टारलाई अँगालो हाले भने दिनको अन्त्यमा कुल ४,००० छानिएका फ्यान उनको प्रस्तुतिमा उपस्थित भए ।

बीटीएस आर्मी भनेर चिनिने ब्याण्डका सुपरफ्यान जिनको प्रस्तुति हेर्न विदेशबाट समेत सियोलमा पुगेका थिए । दक्षिण कोरियाको कानूनअनुसार २८ वर्ष पुग्ने हरेक नागरिकले १८ महिना अनिवार्य सैन्य सेवा पुरा गर्नुपर्छ ।

दक्षिण कोरिया सरकारले सन् २०२० मा एक कानून पारित गर्‍यो जसले प्रमुख पपस्टारलाई ३० वर्षको उमेरसम्म सेवा स्थगित गर्न अनुमति दिएको थियो । बीटीएसका अन्य ६ जना सदस्यले अहिले पनि अनिवार्य सैन्य सेवा गरिरहेका छन् ।

थाइल्यान्डकी मिम चेन्चान्या भाग्यशाली फ्यानमध्ये एक हुन् जसले जिनलाई अँगालो हालेपछि सीएनएनलाई भनिन्- जतिबेला मैले र्‍याफलमा आफूले जितेको थाहा पाएँ, मैले खुसीका आँसु बगाए ।

मेलबर्न, अष्ट्रेलियाबाट यात्रा गरेका होली क्याम्पबेल र अमेरिकाको फ्लोरिडाका एस्ले स्टाउडनौरले आफूहरुले यो उत्सव छुटाउन तयार नभएको बताए । सन् २०१३ मा संगीत दुनियाँमा डेब्यु गरेपछि बीटीएसले १०० भन्दा बढी देशमा एक्लैरुपमा सांगीतिक कमाई गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?