+
+

बोर्डको क्यालेन्डर : ६ चैतदेखि एसईई, ११ वैशाखदेखि १२ को परीक्षा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १६:०१

३२ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को एसईई परीक्षा ६ चैतदेखि सुरु हुने बताएको छ ।

परीक्षा बोर्डले सार्वजनिक गर्ने तयारी गरेको २०८१/८२ को क्यालेन्डरअनुसार २०८२ को वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको हो ।

क्यालेन्डर निकाल्दा विद्यालय, शिक्षक, विद्यार्थीलाई अध्ययन/अध्यापन, तयारी गर्न सहज हुने भएकाले समय तोकेर क्यालेन्डर सार्वजनिक गर्ने निर्णय गरेको बोर्डले जनाएको छ ।

बोर्डले परीक्षा सुरु हुने मिति तोक्नुको साथै तीन महिनाभित्र नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्मा भन्छन् ‘अहिले नै परीक्षा यति गतेदेखि सुरु गर्ने भनेपछि पठनपाठन गर्न, परीक्षाको तयारी गर्न सबैलाई सहज हुन्छ ।’

बोर्डले नयाँ क्यालेन्डर आइतबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?