+
+

डिसहोमको एचडी क्वालिटीमा युरो २०२४ का खेलहरू हेर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १६:४६

ललितपुर । शनिबारदेखि सुरु हुने युरो २०२४ प्रतियोगिताका खेलहरू डिसहोमको एचडी क्वालिटीमा हेर्न सकिने भएको छ ।

नेपाली समय अनुसार शनिबार बिहान पौने १ बजे जर्मनी र स्कटल्याण्डबीच खेल हुँदैछ । युरोपका २४ टिमको सहभागिता रहने प्रतियोगिताका खेलहरु डिसहोमको एचडी क्वालिटीमा हेर्न सकिने डिसहोमले जनाएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण सोनी नेटवर्क मार्फत हुनेछ ।

१४ जुलाईसम्म चल्ने प्रतियोगितामा ६ समूह बनाइएको छ ।

समूह ‘ए’ मा जर्मनी, स्कटल्यान्डसँगै हङ्गेरी र स्विटजरल्यान्ड छन् भने समूह ‘बी’ मा स्पेन, क्रोएसिया, इटाली र अल्बानिया रहेका छन् ।

यसैगरी समूह ‘सी’ मा स्लोभानिया, डेनमार्क, सर्बिया र इङ्ल्यान्ड छन् भने समूह ‘डी’मा नेदरल्यान्ड, अस्ट्रिया, फ्रान्स र पोल्यान्ड राखिएको छ ।

यसैगरी समूह ‘ई’ मा बेल्जियम, स्लोभाकिया, रोमानिया र युक्रेनलाई राखिएको छ भने समूह ‘एफ’मा टर्की, जर्जिया, पोर्चुगल र चेज रिपब्लिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?