+

महिला फुटबलको फिफा वरीयतामा सुधार

२०८१ जेठ  ३२ गते १७:०६ २०८१ जेठ ३२ गते १७:०६
महिला फुटबलको फिफा वरीयतामा सुधार

३२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमको फिफा वरीयतामा सुधार आएको छ ।

फुटबलको सर्वोच्च निकाय (फिफा)ले शुक्रबार सार्वजनिक गरेको वरीयतामा नेपाल २ स्थानमाथि उक्लिएको हो । यसअघि नेपाली महिला फुटबल टिम १००औं स्थानमा रहेको थियो, अहिले ९८औं स्थानमा आइपुगेको छ ।

दक्षिण एसियाको वरीयतामा भारत शीर्ष स्थानमा छ । नेपाल दोस्रो स्थानमा छ भने बंगलादेश तेस्रो स्थानमा छ ।

नयाँ वरीयताअनुसार हाल भारत एक स्थान तल झरेर ६७औं स्थानमा छ । यसअघि ६६औं स्थानमा थियो ।

बंगलादेश भने १४०, श्रीलंका १५७, पाकिस्तान १५८ं, माल्दिभ्स १६१ र भुटान १७३औं स्थानमा रहेका छन् ।

फिफा वरीयता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय