
३२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सहरी अतिगरिबी हटाउन ‘एक घर एक रोजगारी’ वा उद्यमशीलता सुनिश्चित गरिने भएको छ ।
मेयर बालेन साहले आगामी आर्थि वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरेका हुन् । उनले बहुआयामिक सहरी गरिबी हटाउन लक्षित कार्यक्रम ल्याइने बताए ।
सोही अन्तर्गत एक घर एक रोजगारी वा उद्यमशीलता सुनिश्चित गरिने उनको भनाइ छ । यस्ता परिवारलाई निःशुल्क शिक्षा र स्वास्थ्यको प्रत्याभूति गराइने समेत उनले बताए ।
ज्येष्ठ नागरिकमा रहेको ज्ञान पुस्तान्तरण गर्नसमेत विशेष कार्यक्रम ल्याइने उनको भनाइ छ । सामाजिक सुरक्षा, पोषण र स्वास्थ्य उपचार निरन्तरता दिने उनले बताए ।
मागका आधारमा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निवासमा औषधोपचार र फलोअपको व्यवस्था समेत महानगरले मिलाउने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4