+
+

न्युरोड, हाँडीगाउँ सहित प्राचीन क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाउने महानगरको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १७:५९

३२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड, हाँडीगाउँ सहित प्राचीन तथा पुरातात्विक क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाउने घोषणा गरेको छ ।

मेयर बालेन साहले शुक्रबार आगामी आर्थिक वर्ष २०८१/ ८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले विश्व सम्पदा सूचीमा रहेका बौद्धनाथ र स्वयम्भूनाथलाई काठमाडौं महानगरपालिका अन्तर्गत ल्याएर सञ्चालन र व्यवस्थापन गर्न पहल गरिने समेत बताए ।

सूचीकृत सम्पदा क्षेत्रहरूमा समेत सवारीसाधन निषेध गरिने उनले बताए ।

बृहत हाँडीगाउ गुरुयोजना तयार गरी लिच्छवीकालीन हाँडीगाउँको पुनर्विकास गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने उनले बताए । यी भेगमा होमस्टेलाई महानगरपालिकाले प्रोत्साहन गर्ने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?