+
+

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा आकर्षक छुट

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १८:१८

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न संस्थाले उपलब्ध गराउने सेवामा विशेष छुट पाउने भएका छन् ।

स्वास्थ्य क्षेत्रका संस्था एवम् सुपर मार्केटसँग छुटसम्बन्धी सम्झौता गरेसँगै बैंकका ग्राहकले ती संस्थाहरूले उपलब्ध गराउने सेवामा आकर्षक छुट पाउने भएका हुन् ।

बैंकका ग्राहकले कास्कीको पोखरा–२६ स्थित लेखनाथ सिटी हस्पिटलमा ५ देखि २५, ललितपुरको पुल्चोकस्थित ओरो प्लस डेन्टल क्लिनिकमा ५ देखि १०, रुपन्देहीको बुटवल–५ स्थित ए एन्ड ए हेल्थ क्लबमा ५ देखि १९ र तिलोत्तमा–५, मणिग्राममा रहेको एन्जी मार्केटमा १.५ देखि १० प्रतिशतसम्म छुट पाउने छन् ।

सम्झौता अनुसार ती संस्थाहरूले उपलब्ध गराउने सेवा लिए बापत ग्राहकले महालक्ष्मी विकास बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?