+

सुटिङकी सुस्मिताले पेरिस ओलम्पिक खेल्ने

२०८१ जेठ  ३२ गते १९:१७ २०८१ जेठ ३२ गते १९:१७
सुटिङकी सुस्मिताले पेरिस ओलम्पिक खेल्ने

३२ जेठ, काठमाडौं । नेपाली सुटिङ खेलाडी सुस्मिता नेपालले अर्को महिनादेखि फ्रान्समा हुने पेरिस ओलम्पिक २०२४ खेल्ने भएकी छन् ।

आगामी जुलाई २६ देखि अगष्ट ११ सम्म हुने पेरिस ओलम्पिकमा नेपालकी सुस्मिता वाइल्ड कार्डमार्फत छनोट भएकी हुन् ।

अन्तराष्ट्रिय सुटिङ स्पोर्ट फेडेरेसन (आईएसएसएफ)ले सुस्मिता आईओसीको कोटा प्लेसबाट छनोट भएको र उनले १० मिटर एयर राइफल महिलामा प्रतिस्पर्धा गर्ने जनाएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) बाट पेरिस ओलम्पिकका लागि सुस्मिताले वाइल्ड कार्ड पाएपछि नेपालबाट ३३औं संस्करणको गृष्मकालीन ओलम्पिक खेल्ने खेलाडी संख्या ६ पुगेको छ ।

यसअघि टेबलटेनिसका श्यान्टु श्रेष्ठले दक्षिण एसियाली क्षेत्रको छनोट चरण पार गरेर ओलम्पिकमा छनोट भइसकेका छन् ।

यस्तै ब्याडमिन्टका प्रिन्स दाहाल, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ तथा पौडीका डुवाना लामाले युनिभर्सालिटी कोटामार्फत पेरिस ओलम्पिकमा स्थान बनाएका छन् ।

श्यान्टु छनोट चरण पार गरेर ओल्मपिक पुग्ने तेस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि तेक्वान्दोबाट संगान वैद्य (२००४) र दीपक विष्ट (२००८) छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।

पेरिस ओलम्पिक सुटिङ खेलाडी सुस्मिता नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय