+
+

एनआईसीलाई अन्तरविद्यालय फुटबलको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते २०:२०

३२ जेठ, काठमाडौं । एनआईसी एकेडेमीले दोस्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

चावहिल स्पोर्टस क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चाबहिलमा भएको फाइनलमा एनआईसीले विनायक इङलिस स्कुललाई ३–० गोलले पराजित गर्‍यो ।

एनआईसीका अनिश जोशी, हरिसित परियार र प्रत्युश केसीले समान १–१ गोल गरे । विजेता एनआईसीले २० हजार तथा उपविजेता विनायकले १० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा अनिश जोशी उत्कृष्ट खेलाडी, यसुन थापा थापा मगर उत्कृष्ट गोलरक्षक र गौरव खड्का उत्कृष्ट डिफेन्डर घोषित भए । उत्कृष्टत्रय एनआईसीका हुन् ।

जेठ २८ गतेदेखि सुरु नकआउट प्रतियोगितामा १६ छात्र टिम सहभागी थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?