+
+

प्रधानमन्त्री प्रचण्ड र सदस्य-सचिव घिसिङसँगै क्रिकेट हेर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १ गते ७:३८

१ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राखेपका सदस्य-सचिव टंकलाल घिसिङ वेस्ट इन्डिजमा भइरहेको आईसीसी टी-२० विश्वकपअन्तर्गत नेपाल र दक्षिण अफ्रिकाबीचको खेलसँग हेरिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र सदस्य-सचिव घिसिङले प्रधानमन्त्री निवास बालुवाटारमा सँगै खेल हेरेका हुन् ।

टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको नेपालले दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोक्न सफल भएको छ । दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै नेपालसामू ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालका लागि स्पिनरद्वय कुशल भुर्तेल र दीपेन्द्रसिंग ऐरीले उत्कृष्ट बलिङ गर्दै क्रमशः ४ र ३ विकेट लिनु भयो । नेपाल अहिले ब्याटिङ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?