
१ असार, काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले एकै ओभरमा दुई विकेट गुमाएको छ ।
आठौं ओभरको दोस्रो र चौथो बलमा नेपालले विकेट गुमाएको हो । ७ ओभरमा ३५ रनको साझेदारी गरिरहेका कुशल भुर्तेल आठौं ओभरको दोस्रो बलमा बोल्ड भएका थिए ।
भुर्तेलले २१ बलमा एक छक्का र एक चौकासहित १३ रन जोडे । यसपछि क्रिजमा आएका कप्तान रोहितकुमार पौडेललाई पनि दक्षिण अफ्रिकाका तब्रिज साम्सीले बोल्ड गरे ।
दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालले ८ ओभरको खेल सकिदा दुई विकेट गुमाएर ३६ रन बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4