+

नेपाल सुपर-८ को दौडबाटै बाहिरियो

२०८१ असार  १ गते ९:३० २०८१ असार १ गते ९:३०
नेपाल सुपर-८ को दौडबाटै बाहिरियो

१ असार, काठमाडौं । नेपाल आईसीसी टी-२० विश्वकप २०२४ मा सुपर-८ को दौडबाटै बाहिरिएको छ । अमेरिका र वेष्टइण्डिजमा जारी टी-२० विश्वकपमा समूह डी मा रहेको नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएसँगै सुपर-८ यात्राबाट बाहिरिएको हो ।

नेपाल समूह डी मा ३ खेलमा २ मा हार र १ मा नतिजाविहीन हुँदै १ अंकका साथ चौथो स्थानमा छ ।अन्तिम खेल नेपालले आइतबार बंगलादेशसँग खेल्नेछ । उक्त खेल जितेपनि ३ अंक मात्रै हुन्छ । सुपर-८ मा पुग्न ३ अंक पर्याप्त हुँदैन ।

दक्षिण अफ्रिका ४ खेलमा ८ अंकका साथ अपराजित रहँदै सुपर-८ मा पुगेको छ । बंगलादेश ३ खेलमा २ मा जित र १ मा हारका साथ ४ अंकका साथ दोस्रो स्थानमा छ । त्यसैको कारण नेपालको यात्रा समूह चरणबाटै समाप्त हुने भएको छ । दक्षिण अफ्रिकाविरुद्ध नेपाल विजयी भएको खण्डमा ४ अंकका साथ सुपर-८ खेल्ने सम्भावना कायमै रहन्थ्यो ।

११६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो । नेपाललाई अन्तिम २ बलमा जित्न २ रन चाहिएको थियो । तीव्र गतिका बलर आटनिल बार्टमानले दुवै बल गुलशन झालाई डट राख्दै नेपाललाई १ रनको हारले स्तब्ध पारे । अन्तिम बलमा गुलशनले बल छुन नसके पनि नन स्ट्राइकमा दौडिनेक्रममा ब्याट राख्न थोरै ढिलो भएपछि रन आउट हुन पुगेका थिए ।

समूह ए बाट भारत ३ खेलमा ६ अंकका साथ शीर्ष र अमेरिका ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा रहँदै सुपर-८ मा पुगेका छन् । समूह बी बाट अष्ट्रेलिया ३ खेलमा ६ अंकका साथ सुपर ८ मा पुगेको छ । समूह बी बाट स्कटल्यान्ड र इंल्यान्ड मध्य एक टोली सुपर ८ मा पुग्नेछन् ।

समूह सी बाट वेष्टइण्डिज र अफगानिस्तान सुरुवाती तीन खेलमा जितका साथ सुपर ८ मा पुगेका छन् । समूह डी बाट अव बंगलादेश र नेदरल्यान्ड्स मध्य एक पुग्नेछन् । सुपर ८ मा दुई समूह हुनेछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

 

आईसीसी टी–२० विश्वकप २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय