+
+

बागमतीमा सडक निर्माणमा ७ अर्ब ७८ करोड बजेट

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १ गते १९:३१

१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले सडक निर्माणका लागि मात्र ७ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

शनिबार प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८१/८२ बो बजेट प्रस्तुत गर्दै आर्थिक मामिमलामन्त्री जगन्नाथ थपलियाले प्रदेश सडक यातायात गुरुयोजना बनाएर काम गर्न ७ अर्ब ७८ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

गुरुयोजनामा प्रदेश लोकमार्गमा २० वटा र प्रदेश मार्गमा २३० वटा सडक राखिए छ । बागमती प्रदेशभित्र पहिलो पटक गुरूयोजना बनाएर सडक निमार्ण, मर्मतसम्भारमा बजेट बिनियोजन गरिएको भौतिक पूर्वाधारमन्त्री युवराज दुलालले जानकारी दिए ।

संघीय सरकारसँगकाे समन्वयमा प्रादेशिक सडककाे निर्धारण गरेर गुरूयाेजना बनाइएकाे मन्त्री दुलालले बताए ।

बागमती सरकारले सडक, पुल र झाेलुङ्गे पुलका लागि २ अर्ब २८ कराेड रुपैयाँ विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?