+
+

मंसिर १ गते अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १ गते १९:३१

काठमाडौं । अमेरिकाको सन फ्रान्सिस्कोमा मंसिर १ गते गोल्डेन नेपाली फिल्म अवार्ड आयोजना गरिने भएको छ ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया, हिमालयन फाउन्डेसन कर्प र गोल्डेन स्टेट मुभी मेकर्स प्रालिले आयोजना गर्ने अवार्डबारे आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

०८० साउन १ देखि ०८१ असार मसान्तसम्म प्रदर्शनमा आएका फिल्मले प्रतिस्पर्धा गर्न पाउने प्रावधान राखिएको छ । १० विधामा अवार्ड प्रदान गरिने बताइएको छ ।

आयोजकले अमेरिकामै रहेका नेपाली तथा स्थानीय कलाकार तथा बिभिन्न पेशाका बिशिष्ट ब्यक्तिलाई कार्यक्रममा सहभागी गराउने भएको छ । नेपालबाट दुई दर्जन कलाकार त्यसतर्फ जाने जनाइएको छ ।

आयोजक संस्थाका प्रमुख यज्ञलाल श्रेष्ठले सानैदेखि आफ्नो रुचि कलाकारितामा रहेपनि खेलकुदमा लागेको स्मरण गरे । बिगतमा पनि आफूले केही फिल्म निर्माणमा साथ दिएको उल्लेख गरे । श्रेष्ठ म्याराथन धावक समेत हुन् ।

उनले भने, ‘म नेपाली कलाकारिता र कलाकारप्रति उच्च सम्मान गर्दछु । त्यसैले यो क्षेत्रको बिकास, विस्तार र समृद्धिका लागि केही पहल गर्ने उद्देश्यले अवार्ड आयोजना गर्न लागेको हुँ ।’

उनले यसअघि ग्लोबल फिल्म अवार्डको प्रमुख आयोजकको अनुभव सम्हालेका छन् । अवार्ड सहआयोजकमा अमेरिकामा रहेको लेइट ल अफिसका प्रमुख रबिसिंह बस्नेत, सोनामी एलएलसीका प्रमुख नारायण सोनामी, राजपुत एलएलसीका प्रमुख सुजित सिंंह छन् ।

अवार्ड आयोजक टिममा शिव श्रेष्ठ, सुनिल थापा, दीपाश्री निरौला, सुनिल कटवाल र फिल्म निर्देशक लक्ष्मण सुवेदी छन् । केही बिशिष्ट कलाकारलाई बिशेष योगदान सम्मान समेत प्रदान गरिने अवार्डको एमसीमा नरेश भट्टराई छन् ।

प्रेसमिटमा अभिनेता नीर शाह, शिब श्रेष्ठ, सुनिल थापा, कृष्ण मल्ल, वसुन्धरा भुसालले आयोजकको कामको प्रशंसा गर्दै नेपाली फिल्मको श्रीबृद्धिमा यो अवार्डले निकै टेवा पुर्‍याउने बिश्वास ब्यक्त गरे ।

सिन्धुपाल्चोक समाजको शुभारम्भ

सोही अबसरमा समाजसेवी संस्था सिन्धुपाल्चोक समाज नेपालको औपचारिक उद्घाटन गरियो । अभिनेत्रीहरु भुवन चन्द, वसुन्धरा भुसाल, चैत्यदेवी, वरिष्ठ अभिनेता नीर शाह, शिव श्रेष्ठ, चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रविन्द्र खड्का र सिन्धुपाल्चोक समाजका संस्थापक समेत रहेका यज्ञलालले संयुक्त रुपमा समाजको उद्घाटन गरे ।

आफूहरुले संसारभर छरिएर बसेका सिन्धुपाल्चोकबासीलाई एकत्रित गरि समाजसेवाको कार्यलाई तीव्रता दिनका लागि समाज गठन गरेको जानकारी अध्यक्ष फुर्वा ग्याल्बो लामाले जानकारी दिए ।

सिन्धुपाल्चोक समाज अमेरिकाका अध्यक्ष, युवा व्यवसायी दिपेश लामाले आफूहरु जहाँ रहे तापनि मन भने आफ्नै जन्मस्थानमा हुने बताउँदै सिन्धुपाल्चोकबासी बर्षेनी बाढीपहिरोबाट पीडित हुने गरेकाले आपतबिपद्मा परेकालाई सहयोग गर्न आफूहरु एकजुट भइ लाग्नुपर्ने बिचार राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?