+

युरो २०२४ मा स्पेनको सानदार जित

२०८१ असार  २ गते ७:०७ २०८१ असार २ गते ७:०७
युरो २०२४ मा स्पेनको सानदार जित

२ असार, काठमाडौं । तीन पटकको विजेता स्पेनले युरो २०२४ मा सानदार सुरुवात गरेको छ । समूह बीअन्तर्गत शनिबार राति भएको पहिलो खेलमा क्रोएसियालाई ३-० ले पराजित गरेको हो ।

बर्लिनस्थित ओलम्पिक स्टेडियममा भएको खेलमा स्पेनले पहिलो हाफमै तीन गोल रेको थियो ।

कप्तान अल्भारो मोराटाले खेलको २९औं मिनेटमा गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए । ३२औं मिनेटमा फाबियन रुइजले गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे ।

ड्यानिए कार्भाहालले पहिलो हाफमा इन्जुरी टाइममा गोल गरेपछि स्पेनले ३-० को अग्रता बनायो ।

क्रोएसियाले दोस्रो हाफमा एक गोल फर्काए पनि भिएरआरले मान्यता दिएन । ८०औं मिनेटमा प्राप्त पेनाल्टीमा क्रोएसियाका ब्रुनो पेट्कोभिचले हानेको प्रहार स्पेनका गोलकिपर उनाई सिमोन्सले बचाएका थिए । तर, त्यसबाट रिबाउन्डमा आएको बलमा पेट्कोभिकले ने गोल गरेका थिए । तर उक्त गोलले मान्यता पाएन ।

युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय