+
+

गुगल सर्चको रेकर्ड कसरी मेटाउने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते ९:०५

गुगलले सबै कुरा थाहा पाउँछ । चाहे त्यो तपाईंको मनपर्ने ठाउँ होस् वा मनपर्ने संगीत वा अरु कुनै । गुगलले तपाईंलाई सही जवाफ दिन्छ जब तपाईंले यसको प्लाटफर्ममा कुनै पनि विषय खोज्नुहुन्छ। किनकि गुगलले तपाईंको गुगल अकाउन्टबाट हुने हरेक गतविधिको विवरण सुरक्षित राखेको हुन्छ ।

प्रयोगकर्ताको सर्च हिस्ट्रीको आधारमा पर्सनलाइज्ड अनुभव प्रदान गर्नका लागि गुगलले ती डेटाको प्रयोग गर्दछ। तर यदि तपाईं गुगलले आफ्ना अनलाइन गतिविधि अर्थात् सर्च हिस्ट्री ट्रयाक नगरोस् भन्ने चाहनुहुन्छ भन्ने त्यसलाई डिलिट गर्नु उपयुक्त हुन्छ ।

साथै गुगल ट्रयाकिङलाई बन्द पनि गर्न सकिन्छ। गुगल सर्चको रेकर्ड कसरी मेटाउने त ? यसका लागि देहाय अनुसार गर्नुपर्छ :

पर्सनल कम्प्युटर वा म्याकमा गुगल सर्च हिस्ट्री डिलिट गर्ने तरिका

ल्यापटप वा पिसीमा गुगल सर्च हिस्ट्री तथा अन्य अनलाइन गतिविधि सजिलैसँग डिलिट गर्न सकिन्छ। यसका लागि :

  • ल्यापटप वा कम्प्युटरमा गुगल क्रोम खोल्नुहोस् र दायाँ माथिपट्टि रहेको तीनवटा ठाडो थोप्लोवाला आइकनमा क्लिक गर्नुहोस्
  • त्यसपछि History अप्सनमा जानुहोस् र मेन्यूबाट History  मा क्लिक गर्नुहोस् । यसो गर्नुको साटो तपाईंले सीधै विन्डोजमा Ctrl+H तथा म्याकमा  Cmd+Y थिच्न सक्नुहुन्छ ।
  • त्यसपछि Clear Browsing data मा क्लिक गर्नुहोस् जुन मेन्यूको बायाँ भागमा हुन्छ।
  • Browsing history box मा टिक लगाउनुहोस् र Clear Data मा क्लिक गर्नुहोस्।

यसो गरेसँगै तपाईंले आफ्नो क्रोम ब्राउजरबाट गुगल सर्च हिस्ट्री मेटाउन सक्नुहुन्छ। तर यसले केवल क्रोम ब्राउजरको सर्च हिस्ट्री मात्रै मेटिन्छ तर अरु ब्राउजरबाट तपाईंले गरेको ब्राउजिङ हिस्ट्री कायमै रहेको हुन्छ।

गुगल अकाउन्टको सहयोगमा गुगल सर्च हिस्ट्री मेटाउने तरिका

यदि तपाईं आफ्ना सबै अनलाइन गतिविधिको हिस्ट्री मेटाउन चाहनुहुन्छ भने त्यसलाई गुगल अकाउन्टबाटै डिलिट गर्नुपर्ने हुन्छ। गुगल अकाउन्टबाट हिस्ट्री डिलिट गर्नाले उक्त अकाउन्ट लगइन भएका सबै डिभाइस, हेरेका सबै वेबसाइट तथा भिडियोहरुको हिस्ट्री पनि मेटिन्छ। यसका लागि :

  • गुगल क्रोम खोल्नुहोस् र My Activity page खोज्नुहोस्
  • लगइन गर्नुहा्स् वा सर्च हिस्ट्री डिलिट गर्न चाहेको अकाउन्ट छान्नुहोस्
  • सर्च बारको ठ्याक्कै तल Delete अप्सन देख्नुहुनेछ।
  • कुन समयावधिको सर्च हिस्ट्री डिलिट गर्न चाहेको हो छान्नुहोस् । तपाईंले सबै गुगल हिस्ट्री डिलिट गर्नका लागि  All time छान्न सक्नुहुन्छ।
  • त्यसपछि सर्च हिस्ट्री डिलिट गर्न चाहेको हो त ? भन्ने प्रश्न सोधिएको पप अप देखा पर्दछ । त्यसमा Delete मा क्लिक गर्नुहोस् ।

यति गरिसकेपछि गुगलले अकाउन्टबाट सबै ब्राउजिङ हिस्ट्री डिलिट गरिदिनेछ ।

एन्ड्रोइडमा गुगल सर्च हिस्ट्री डिलिट गर्ने तरिका

यसका लागि दुईवटा तरिका छन्, एउटा गुगल सर्च एपबाट र अर्को गुगल क्रोमबाट ।

गुगल सर्च एपबाट हिस्ट्री डिलिट गर्नका लागि :

  • आफ्नो एन्ड्रोइडमा गुगल एप खोल्नुहोस् र आफ्नो प्रोफाइल तस्वीरमा क्लिक गर्नुहोस्
  • मेन्यूबाट सर्च हिस्ट्रीमा जानुहोस्
  • डिलिट अप्सन छान्नुहोस् र आफुले डिलिट गर्न चाहेको सर्च हिस्ट्रीको समयावधि छान्नुहोस् । तपाईंले आजमात्रैको, कुनै निश्चित समयावधिको वा हालसम्मको सबै ब्राउजिङ हिस्ट्री डिलिट गर्न सक्नुहुन्छ।
  • चाहेको विकल्प छानिसकेपछि Delete अप्सनमा ट्याप गर्नुहोस्। यसो गर्दा सर्च हिस्ट्री आफै डिलिट हुनेछ।

गुगल क्रोमबाट :

  • एन्ड्रोइड डिभाइसमा गुगल क्रोम एप खोल्नुहोस् र दायाँ माथिल्लो छेउमा रहेको तीनवटा थोप्लोवाला मेन्यूमा ट्याप गर्नुहोस्।
  • मेन्यूबाट History छान्नुहोस् र Clear Browsing data मा ट्याप गर्नुहोस्
  • Browsing data अप्सनमा ट्याप गर्नुहोस् र समयावधि छान्नुहोस्
  • त्यसपछि Clear data मा ट्याप गर्नुहोस् ।

आइओएसबाट गुगल सर्च हिस्ट्री डिलिट गर्ने तरिका

यसका लागि :

  • आफ्नो आइओएस डिभाइसमा गुगल क्रोम एप खोल्नुहोस्
  • एपको दायाँ पिंधमा रहेको तिनवटा तेर्सो थोप्लोवाला मेन्यूमा ट्याप गर्नुहोस्
  • त्यहाँबाट History अप्सनमा ट्याप गर्नुहोस्
  • एपको पिंधमा रहेको clear browsing data मा ट्याप गर्नुहोस्
  • मेन्यूबाट Browsing history को अप्सन छान्नुहोस् । आफुले डिलिट गर्न चाहेको ब्राउजिंङ हिस्ट्रीको समयावधि छान्नुहोस् ।
  • त्यसपछि clear browsing बटनमा थिच्नुहोस् र पुनः त्यसमै थिचेर कन्फर्म गरी आफ्नो आइओएस डिभाइसबाट ब्राउजिङ हिस्ट्री डिलिट गर्नुहोस् ।

गुगलको My Activity History मा अटो डिलिट कसरी सेट गर्ने ?

गुगलमा तपाईंको सर्च हिस्ट्री आफै डिलिट हुने फिचर पनि उपलब्ध छ। Google My Activity पेजमा तपाईंले आफ्नो सर्च, वेब तथा अन्य अनलाइन गतिविधिहरू हरेक ३, १८ र ३६ महिनामा आफैं डिलिट हुनेगरी सेट गर्न सक्नुहुन्छ। यसका लागि :

  • क्रोम वा अन्य ब्राउजरमा Google My Activity पेज खोल्नुहोस्
  • Web and App Activity खण्डमा गएर स्क्रोल डाउन गर्नुहोस् र Auto Delete अप्सनमा जानुहोस्
  • Choose and Auto delete अप्सन छान्नुहोस् र अटो डिलिटको समय छान्नुहोस् । त्यसमा तपाईंले ३, १८ वा ३६ महिना छान्न सक्नुहुनछ।
  • Next मा क्लिक गर्नुहोस् र तपाईंले उक्त समयका सर्च हिस्ट्री देख्न सक्नुहुन्छ। त्यसपछि confirm मा क्लिक गर्नुहोस् ।

गुगललाई ट्रयाकिङ गर्नबाट कसरी रोक्ने ?

आफ्नो ब्राउजिङ हिस्ट्री गुगलले ट्रयाक नगरोस् भन्ने धेरै प्रयोगकर्ताको चाहना हुन्छ। गुगलले प्रयोगकर्ताको ट्रयाकिङलाई सीमित गर्नका लागि My Activity पेजमा विकल्प दिएको हुन्छ। यसका लागि :

  • डेस्कटप वा मोबाइल डिभाइसमा गुगलको My Activity पेज खोल्नुहोस्
  • Web & App Activit खण्डमा क्लिक गर्नुहोस् र अर्को पेजमा Turn off अप्सन छान्नुहोस्

यसो गरिसकेपछि तपाईंलाई गुगलले ट्रयाक गर्न सक्दैन । तर ट्रयाकिङ बन्द गर्नाले गुगलको सर्च हिस्ट्रीको आधारमा प्राप्त हुने पर्सनलाइज्ड अनुभवमा भने असर पुग्नसक्छ। तपाईंले My Activity पेजबाट लोकेसन हिस्ट्री तथा युट्युब हिस्ट्रीको ट्रयाकिङ पनि बन्द गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?