+
+

तोलामा १६ सयले बढ्यो सुनको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते १०:४४

२ असार, काठमाडौं । आइतबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन तोलाको १ लाख ४१ हजार २ सय रुपैयाँ तोकिएको थियो । जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १८०० रुपैयाँ रहेकोमा आइतबार १८२० कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?