+
+

संघीयता कार्यान्वयनमा ठीक ढंगले समन्वय हुन सकेन : प्रमुख सचेतक पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते १३:५५

२ असार, काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संघीयता कार्यान्वयनमा ठीक ढंगले समन्वय हुन नसकेको बताएका छन् ।

आइतबार विनियोजन विधेयक, २०८१ को विभिन्न शिर्षकहरुमाथि जारी छलफल अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, अर्थ मन्त्रालयमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘संघीयता कार्यान्वनयको लागि समन्वय, सहजीकरण र सहयोग गरौँ । हाम्रो अहिले वास्तवमा संघीयता कार्यान्वयनमा ठिक ढंगले हाम्रो समन्वय भइरहेको छैन ।’

उनले संघीय स्तर कार्यालय समन्वय नगरिरहेको अवाज उठ्न थालेको भन्दै समयमा नै ध्यान केन्द्रित गर्न आग्रह गरे । उनले तीन करोड भन्दा मुनिका सबै योजना कार्यान्वयनको लागि प्रदेश र स्थानीय तहलाई जिम्मा दिन आग्रह गरे ।

‘संघीय स्तर कार्यालय समन्वय नगरिरहेको अवाज आइरहेको छ । म यसतर्फ सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने, ‘तीन करोड भन्दा मुनिका सबै योजना कार्यान्वयनको लागि जसरी सम्माननीय प्रधानमन्त्रीज्युले भन्नुभएको थियो यहाँ बहस पनि उठेको छ । त्यो भन्दा मुनिका जति पनि योजनाहरु यहाँ किताबमा छन् । ती सबै प्रदेश र स्थानीय तहलाई कार्यान्वयनका लागि दिऔँ।’

उनले कर्मचारीहरुको वृत्ति विकास, तालिम र क्षमता वृद्धिमा देखिएका समस्या हल गर्न व्यापक छलफल गरी ठोस नीति र विध तय गर्न आग्रह गरे । उनले भने, ‘कर्मचारीहरुको वृत्ति विकास, तालिम र क्षमता वृद्धिमा देखिएका समस्या हल गर्न व्यापक छलफल गरी ठोस नीति र विध तय गरौँ । तिनलाई कार्यान्वयनका लागि दृढ बनौँ ।’

प्रमुख सचेतक पाण्डेले सिंचाई प्रणालीलाई पाइपमार्फत समेत अघि बढाउन र आधुनिक प्रविधि भित्र्याउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?