+
+

फार्मेसीबाट लागु औषध बिक्री गरेको आरोपमा ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते १७:०१

२ असार, काठमाडौं । औषधि पसलबाट लागु औषध बिक्री गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गोरखाको पालुङटार नगरपालिका–४ घर भएका २५ वर्षीया बिनिता कुमाल, भक्तपुरको भक्तपुर नगरपालिका–४ घर भएका २४ वर्षीय रुकेश श्रेष्ठ, सिन्धुली घर भएका २३ वर्षीय राकेश खड्का र ओखलढुंगाको सुनकोशी गाउँपालिका–७ घर भएका २२ वर्षीय ध्रुव कटवाल छन् ।

उनीहरुलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये बिनिता फार्मेसी सञ्चालक रहेको प्रहरीले जनाएको छ ।

उनको नाममा दर्ता भई गोंगबुस्थित मित्रनगरमा सञ्चालनमा रहेको कविता फार्मेसीबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

त्यसैगरी प्रहरी प्रभाग कोटेश्वरले पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका–३ घर भएका २६ वर्षीय दीपेन्द्र ओलीलाई लागु औषधसहित पक्राउ गरेको छ । उनको कोठाबाट लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुबाट औषधिजन्य लागु औषध बरामद भएको छ । बिना अनुमति बेच्न नमिल्ने औषधिहरु उनीहरुले किनबेच गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुविरुद्ध लागु औषधको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?