+
+

भत्ता लिन राष्ट्रिय परिचयपत्र चाहिने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते १७:५७

२ असार, काठमाडौं । विभिन्न २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

अधिवक्ता विमल पोखरेलले गत २४ जेठमा मन्त्रिपरिषदले गरेको उक्त निर्णय बदरको माग गर्दै रिट दायर गरेका हुन् ।

मन्त्रिपरिषदको निर्णयका कारण राष्ट्रिय परिचयपत्र बनाउन नसक्नेहरुले सामाजिक सुरक्षा भत्ता नपाउने अवस्था आएको र यसले वृद्धवृद्धा, अपांगता भएका व्यक्ति एकल महिला लगायत भत्ता बुझ्दै आएकाहरुमा डरत्रासको सिर्जना भएको रिटमा उल्लेख गरिएको छ ।

समाजिक सुरक्षा भाको भरमा औषधि उपचार खाना कपडाको व्यवस्था गर्नुपर्ने बाध्यतामा रहेकाहरुलाई गम्भीर असर पर्ने भन्दै सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश पनि माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?