+

खेलकुदमन्त्रीको १०० दिन : टी–२० विश्वकपमा सहभागिता, दशरथ रंगशालाको मर्मत

२०८१ असार  २ गते १८:५८ २०८१ असार २ गते १८:५८
खेलकुदमन्त्रीको १०० दिन : टी–२० विश्वकपमा सहभागिता, दशरथ रंगशालाको मर्मत

२ असार, काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफूले १०० दिनमा गरेको कामको विवरण सार्वजनिक गरेका छन् ।

उनले आफू मन्त्री नियुक्त भएपछि कीर्तिपुर क्रिकेट मैदानमा डिजिटल स्कोर बोर्ड राख्ने सम्झौता भएको र फ्लड लाइट खरिद प्रक्रिया अघि बढाइएको बताएका छन् ।

त्यस्तै मूलपानीस्थित क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको र दशरथ रंगशालाको मर्मत गरेको मन्त्री श्रेष्ठले आफ्नो प्रगति विवरणमा उल्लेख गरेका छन् ।

१० औं राष्ट्रिय खेलकुद आयोजना हुने सुर्खेतमा पूर्वाधार निर्माणलाई तिब्रता दिएको, राष्ट्रिय खेलकुद परिषद र राष्ट्रिय खेल संघहरुको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको पनि मन्त्री श्रेष्ठले उल्लेख गरेका छन् ।

आफू मन्त्री भएपछि ४४ वटा राष्ट्रिय खेलकुद प्रतियोगिता र ११ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता भएको श्रेष्ठले बताएका छन् ।

मन्त्री श्रेष्ठको १०० दिनको कार्यप्रगतिको नवौं बुँदामा नेपाल टी–२० विश्वकपमा सहभागिता भएको विषय पनि राखिएको छ । त्यस्तै मिसन २०२६ अन्तर्गत १० खेलका खेलाडीलाई विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिएको छ ।

कतारका अमिर नेपाल भ्रमणका क्रममा युवा तथा खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको, नेपाल स्काउटको जग्गा संरक्षण र नियमसंगत उपयोग गर्न गृह मन्त्रालयको सहयोगमा शिलबन्दी गरिएको, विद्यालयको पाठ्यक्रममा खेलकुद विषय समावेश गर्न शिक्षा मन्त्रालयलाई अनुरोध गरेको पनि प्रगति विवरणमा राखिएको छ ।

यस अवधिमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत एक हजार ४९ जनामा कर्जा लगानी तथा स्वरोजगार सिर्जना भएको र एक हजार ४०१ जनाका लागि रोजगारी सिर्जना गरिएको मन्त्री श्रेष्ठले बताएका छन् ।

१०० दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा आइतबार मन्त्री श्रेष्ठले सरकारले घोषणा गरेको पुरस्कार रकम पनि खेलाडीलाई वितरण गरेका छन् ।

१९ औं एसियन गेम्समा पदक विजेता एरिका गुरुङ, १९ औं एसियन गेम्समा कास्य पदक विजेता महिला कबड्डी टिम तथा चौथो पारा एसियन गेम्समा कास्य पदक विजेता पलेसाा गोवद्र्धन र विश्वकप छनोट भएको नेपालको पुरुष क्रिकेट टिमलाई नगदसहित सम्मान गरिएको हो ।

दशरथ रंगशाला विश्वकपमा सहभागिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय