+

सन्दीप टी-२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी

२०८१ असार  ३ गते ६:४० २०८१ असार ३ गते ६:४०
सन्दीप टी-२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी

३ असार, अमेरिका – नेपालका लेगस्पिनर सन्दीप लामिछाने टी२० आईमा १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । आईसीसी टी२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध दुई विकेट लिदै सन्दीपले ५३ औं खेलमा १ सय विकेट पूरा गरेका हुन् । १६ औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै सन्दीपले १ सय विकेट पूरा गरे ।

नेपालबाट सन्दीपपछि करण केसीले ७० खेलमा ९० विकेट लिएका छन् । अभिनाश बोहराले ६२ खेलमा ७५ विकेट लिएका छन् । त्यस्तै सोमपाल कामीले ६८ खेलमा ६१ विकेट लिएका छन् ।

आईसीसी टी२० विश्वकप २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय