+

बेलिङघमको गोलमा इंग्ल्याण्डको विजयी सुरुवात

२०८१ असार  ३ गते ८:५९ २०८१ असार ३ गते ८:५९
बेलिङघमको गोलमा इंग्ल्याण्डको विजयी सुरुवात

३ असार, काठमाडौं । जुड बेलिङघमको एक मात्र गोल मदत्तमा इंग्ल्याण्ड सर्बियालाई १-० ले पराजित गर्दे युरो २०२४ मा विजयी सुरुआत गरेको छ ।

समूह सी अन्तर्गत आइतबार राति गेलसेनकिरचेन स्टेडियममा भएको खेलमा बेलिङघमहले १३औ मिनेटमा बुकायो साकाको पासमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । २० वर्षीय बेलिङघमले साको प्रहार डिफ्लेक्ट हा त्यसमा हेड गोल गरेका थिए ।

कप्तान ह्यारी केन पनि गोल नजिक पुगेका थिए । तर, जारोड वावेनको क्रसमा केनको प्रहार सर्वियाका गोलकिपर रेड्राग राजकोभिकले बचाएका थिए ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र इंग्ल्याण्डले जित निकाल्दै सुरुवाती ३ अंक जोडेको छ ।

उपाधि दाबेदारमध्ये एक रहेको इंग्ल्याण्डले सोमबार डेनमार्कसँग खेल्नेछ ।

युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय