
३ असार, काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज देशैभर दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाइरहेका छन् ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा मनाइने बकर इदको दिन मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्दछन् ।
काठमाडौंमा रहेका इस्लाम धर्मावलम्बीहरूले पनि जामे मस्जिदमा पुगेर सामूहिक रुपमा नमाज पढेका छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । यो पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धर्म गुरुहरु बताउँछन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4