+
+

आलिया भट्ट अब लेखक पनि

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३ गते ११:५५

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट अब लेखक बनेकी छन् । उनले लेखेको बाल पुस्तक ‘द एडभेन्चर्स अफ एड-ए-मम्मा : एड फाइन्ड्स ए होम’ चाँडै बजारमा आउँदैछ ।

इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै उनले बच्चाहरुको कपडा ब्रान्ड एड-ए-मम्माबाट प्रेरित शृंखलाको यो पहिलो पुस्तक भएको जानकारी दिएकी छन् । बालपुस्तक चित्रकार तन्वी भट्टले यस पुस्तकका लागि चित्रहरू बनाएकी छन् ।

हालै आलिया भट्ट आमा सोनी राजदान र बहिनी शाहीन भट्टसहित पुस्तक विमोचन कार्यक्रममा उपस्थित थिइन् । कार्यक्रममा उनले आफ्ना साना फ्यानहरूसँग पनि भेट गरेकी थिइन् ।

आलिया भट्ट १९ महिनाकी छोरीकी आमा हुन् । गंगुबाई काठियावाडी, ब्रह्मास्त्र जस्ता हिट फिल्मकी अभिनेत्री आलियाले हालै अमेजन प्राइम वेब सिरिज ‘पोचर’ निर्माण गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?