+

क्रिकेटप्रेमी नेपालीले सेन्ट भिनसेन्टका प्रधानमन्त्रीलाई लगाइदिए ढाका टोपी

२०८१ असार  ३ गते १३:१७ २०८१ असार ३ गते १३:१७
क्रिकेटप्रेमी नेपालीले सेन्ट भिनसेन्टका प्रधानमन्त्रीलाई लगाइदिए ढाका टोपी

३ असार, काठमाडौं । नेपाली क्रिकेटप्रेमी मधुकर राजभण्डारी र विजयमान श्रेष्ठ (छोरा सबिस श्रेष्ठसहित) नेपाली क्रिकेट टिमको हौसला बढाउन नेपाल-अमेरिका हुँदै वेष्टइण्डिजसम्म पुगे ।

काठमाडौंबाटै नेपाली टोलीको जर्सी लगाएर अमेरिका-वेष्टइण्डिज पुगेका उनीहरू टी-२० विश्वकप अन्तर्गत नेपालका सबै खेल हेर्न झण्डा र ढाका टोपीसहित स्टेडियममा उपस्थित भए ।

आज बंगलादेशविरुद्धको खेल हुँदै गर्दा किङ्गसटाउन स्टेडियममा उपस्थित सेन्ट भिनसेन्ट एण्ड द ग्रिनाडिनेसका प्रधानमन्त्री राल्फ गोन्साल्भेसलाई उनीहरूले नेपाली टोपी लगाइदिंदै काँधमा राष्ट्रिय झण्डासमेत ओढाइदिएका छन् ।

मधुकर राजभण्डारीका अनुसार क्रिकेटप्रेमी नेपाली देखेर प्रधानमन्त्री गोन्साल्भेस चकित परे ।

प्रधानमन्त्री गोन्साल्भेसले नेपाल यसपटक लिग चरणबाटै बाहिरिए पनि नेपाली टिमको भविष्य उज्वल रहेको बताएको राजभण्डारीको भनाइ छ ।

नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय