+
+

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको निधन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३ गते १५:२५

३ असार, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ ।

१० माघ २०८० मा ब्रेन ह्यामरेज भएर थलिएका अध्यक्ष गच्छदारको सोमबार दिउँसो मृत्यु भएको नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले बताए । स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

माझीका अनुसार गच्छदारको मंगलबार अन्तिम संस्कार गरिनेछ । चार महिनादेखि अर्धचेत रहेका उनी एक महिनायता घरमै राखिएका थिए ।

अध्यक्ष गम्भीर बिरामी परेपछि चार महिनायता ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रुपमा काम गरिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?