+
+

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सिद्धार्थ बैंकको १ करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३ गते १६:३६

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड रुपैयाँ सहयोग गरेको छ ।

बालबालिकाका लागि उचित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ निर्माण भइरहेको हेपाली हाइटस्थित चाइल्ड हेल्थको बाल अस्पताललाई सो रकम सयहोग गरेको बैंकले जनाएको छ ।

सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र अस्पतालका अध्यक्ष तथा वरिष्ठ मुटु शल्यचिकित्सक प्रा. डा. भगवान कोइरालाले हस्ताक्षर गरे ।

यस सहयोगले बाल स्वास्थ्य क्षेत्रमा उचित र गुणस्तरीय सेवा प्रदान गर्न अहम् भूमिका पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले दिगो विकास लक्ष्यलाई सधैं आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुयाउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ ।

आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने योजना रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?