+
+

सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३ गते १८:४८

३ असार, सुर्खेत । इनार सफा गर्ने क्रममा सुर्खेतमा दुई जनाको मृत्यु भएको छ ।

सोमबार वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर ११ पिपिराका ३२ वर्षीय विद्याप्रसाद रेग्मी र सोही ठाउँका ३१ वर्षीया लक्ष्मी कँडेल रहेको जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

उनीहरू आज दिउँसो सोही ठाउँका तोरण विकको इनार सफा गर्न गएका थिए । सफा गर्दा अक्सिजनको अभाव हुँदा बेहोस भएका उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता विश्वकर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?