+
+

राहुलले रोजे रायबरेली, वायनाडमा प्रियंका चुनाव लड्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३ गते २०:०९

३ असार, काठमाडौं । भारतीय कंग्रेसका नेता राहुल गान्धीले रायबेरली क्षेत्र रोजेका छन् । उनले छाडेको वायनाडमा उनकी बहिनी प्रियंका गान्धी चुनाव लड्ने भएकी छन् ।

हालै सम्पन्न लोकसभा चुनावमा राहुलले रायबेरली र वायनाड दुई क्षेत्रबाट चुनाव जितेका थिए ।

भारतीय कानुनअनुसार दुई क्षेत्रबाट जित्नेले एउटा छाड्नुपर्छ । त्यसअनुसार कंग्रेसले राहुललाई रायबेरलीलाई निरन्तरता दिन र वायनाड छाड्न भनेको अध्यक्ष मालिकार्जुन खड्गेले बताए ।

वायनाडमा हुने उपचुनावमा राहुलकै बहिनी प्रियंका चुनाव लड्नेछिन् । लोकसभा चुनावमा उनी उम्मेदवार बनेकी थिइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?