+
+

जहाजले टेक अफ लिने बेला धावनमार्गमा स्याल देखिएपछि…

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३ गते २०:३२

३ असार, काठमाडौं । जनकपुर विमानस्थलको धावनमार्गमा स्याल कुदेको देखेपछि उड्नै लागेको जहाज अकस्मात रोकिएको छ ।

जनकपुरबाट काठमाडौ आउन लागेको बुद्ध एयरको ५०४ जहाज धावनमार्गमा २०० मिटर जति गुडिसके स्याल देखिएको थियो ।

त्यसपछि चालकले टेक अफ क्यान्सिल गरेका थिए । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार स्याल देखिएपछि उडान सुरक्षा मापदण्ड अनुसार टेकअफ बन्द गरिएको थियो ।

त्यसपछि सुरक्षित रुपमा पुन: जहाज काठमाडौंका लागि उडेको हो । यो सोमबार बिहान करिब १० बजेको समयमा भएको हो । सो समयमा विमानस्थल प्रमुख भीमदत्त पन्त आफैं एयर ट्राफिक कन्ट्रोलर (एटिसी)  को ड्युटीमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?