+

२४ वर्षपछि युरोमा रोमानियाको पहिलो जित

२०८१ असार  ३ गते २१:५१ २०८१ असार ३ गते २१:५१
२४ वर्षपछि युरोमा रोमानियाको पहिलो जित

३ असार, काठमाडौं । रोमानियाले युरो २०२४ मा युक्रेनलाई सोमबार ३-० ले पराजित गर्दै सानदार सुरुवात गरेको छ । युरो इतिहासमा रोमानियाले २४ वर्षपछि पहिलो जित निकालेको हो ।

कप्तान निकोलस स्टासिउले २९औं मिनेटमा गोल गर्दै रोमानियालाई अग्रता दिलाएका थिए । उनले २० यार्डबाट टप कर्नरमा प्रहार गर्दै उत्कृष्ट गोल गरे ।

त्यसपछि राजभान मारिनले ५३औं मिनेटमा गोल गर्दै रोमानियाको अग्रता दोब्बर पारे । त्यसको चार मिनेटपछि नै डेनिस ड्रागुसले गोल गर्दै रोमानियालाई ३-० को अग्रता दिलाए ।

समूह ई मा रोमानियाले ३ अंक जोडेको छ ।

यसअघि रोमानियाले पछिल्लो पटक सन् २००० को युरोमा इंग्ल्याण्डलाई समूह चरणमा ३-२ ले पराजित गरेको थियो । यसअघि पाँच संस्करण युरो खेल्दा त्यो नै रोमानियाको एक मात्र जित थियो । त्यस संस्करणमा नकआउट चरणमा रोमानिया इटलीसँग पराजित भएको थियो ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण रुपमा आक्रमण गर्ने आदेश दिएयता युक्रेनका खेलाडीहरुले पहिलो पटक मुद्य प्रतियोगिता खेलिरहेका छन् ।

गत साता युक्रेनका फरवार्ड मिखाइलो मुड्रिकले आफ्नो गृहनगर क्रास्नोग्राडमा आफ्नो परिवारले दिनरात नै रूसी मिसाइलहरूको सामना गरिरहेको बताएका थिए ।

रोमानिया
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय