+

आर्मीका उपेन्द्रलाई फेन्सिङमा स्वर्ण

२०८१ असार  ४ गते ६:२४ २०८१ असार ४ गते ६:२४
आर्मीका उपेन्द्रलाई फेन्सिङमा स्वर्ण

काठमाडौं । नेपाल आर्मीका उपेन्द्र शाहीले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पुरुष व्यक्तिगत साब्रेमा स्वर्ण जितेका छन् ।

एपीएफका राजेन्द्र गजुरेल दोस्रो तथा आर्मीका रघुवीर चन्द तेस्रो भए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला व्यक्तिगत इपीमा एपीएफकी अनिता कार्की पहिलो, आर्मीकी पुजन कुमाल दोस्रो र गण्डकी प्रदेशकी कृपा गुरुङ तेस्रो भए ।

नेपाल फेन्सिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुष टिम साब्रेमा आर्मी, एपीएफ र बागमती प्रदेश क्रमशः शीर्ष तीन स्थानमा रहे ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले एक कार्यक्रमबीच सोमबार उद्घाटन गरेका हुन् ।

तीन दिने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय गरी १० टिमका ११२ खेलाडीको सहभागिता रहेको आयोजक फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले बताए ।

पुरुष/महिलामा समान ६/६ गरी १२ स्पर्धामा खेल भइरहेको छ ।

उपेन्द्र शाही फेन्सिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय