+
+

तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ४ गते ११:३२

४ असार, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका संरचना हटाउने भएको छ । कोषको गुरुयोजनाका लागि ०७० सालमै अधिग्रहण भएको जग्गा हालसम्म पनि खाली नभएको भन्दै संरचना हटाउने तयारी थालेको हो ।

कोषले असार १ गते एक सूचना प्रकाशन गरी १५ दिनभित्र आफ्नो संरचना आफैं हटाउन निर्देशन दिएको छ । तोकिएको सीमाभित्र संरचना नहटाए कोषले आफैं हटाउनेसमेत चेतावनी दिएको छ ।

पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाअनुसार ०६९ भदौ ६ गते जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो । सोही योजनाअनुसार ०७० जेठ ३० गतेदेखि मुआब्जा दिन सुरु गरेको थियो । कोषका अनुसार ०७१ प्रायः सबैको मुआब्जा वितरण भइसकेको छ ।

यसअघि अधिग्रहण भएको उक्त क्षेत्र खाली गर्न ०७७ असार २० गते ३५ दिने सूचना प्रकाशन गरेको थियो । तर, हालसम्म धनीले संरचना नहटाएपछि कोषले दोस्रो पटक सूचना जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?